कञ्चनरूपका विभिन्न पोखरी , नदि तथा तालमा छठ पूजा भव्य रुपमा गरिदै

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १६ कार्तिक ।

सप्तरीको कञ्चनरूप नगरपालिका स्थित रहेका विभिन्न पोखरी , नदि तथा ताल तलाउहरुमा शनिबार छठ पूजा भव्य रुपमा गरिएको छ ।

चर्खियाको पोखरी

कञ्चनरूप -२ बरमझिया स्थित रहेको पोखरी , वडा नम्बर १ वैरवा स्थित रहेको पोखरी , कञ्चनरूप ८ स्थित रहेको डिठ्ठा पोखरी , शिव मन्दिर अगाडि रहेको पोखरी , नन्दलाल चौक स्थित रहेको पोखरी , कञ्चनरूप -९ स्थित शिव नारायण साहको पोखरी , कञ्चनरुप १२ रुपनगर चौकमा रहेको पोखरी , चर्खिया खानेपानीमा रहेको पोखरी , बस्तिपुर , सितापुर र श्रावणपुरमा रहेको पोखरी , सुन्दरी खोला , वडा नम्बर ३,४,५,६,७,१० र ११ स्थित रहेका पोखरीहरुमा श्रद्धालु भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पूजा भव्य रुपमा मनाएका छन् ।

रुपनगर चौकको पोखरी

यो पर्वमा उपासना गरी ब्रत बस्नाले सन्तान प्राप्ति हुने , निरोगी हुने , सुखी शान्ति र समृद्धि प्राप्त हुने , चर्म रोग निको हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

कञ्चनरूप ८ को डिट्ठा पोखरी

यस पर्व निराहार रहि व्रत बसेर पूजा गर्नाले आफ्नो मनोकांक्षा पुरा भएको भक्तजन कृष्णहरि ढकालले बताए ।

रुपनगर सितापुरको पोखरी

आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पूजाको समापन गरिन्छ ।

आदर्श टोलको पोखरी
बस्तिपुरको पोखरी
सुन्दरी खोलामा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com