कञ्चनरूपमा राष्ट्रिय बाल दिवस विविध कार्यक्रम गरी भव्य रुपमा सम्पन्न

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , २९ भदौ ।

कञ्चनरूप नगरपालिका वडा नम्बर ९ र १२ वडा बाल संजाल समितिको आयोजनामा तथा युनिसेफको सहयोगमा आइतबार वडा कार्यालय रुपनगरको प्राङ्गणमा “सुनिश्चित बाल अधिकार समृद्ध नेपालीको मुल आधार ” भन्ने नाराका साथ बाल दिवसको अवसरमा वक्तृत्वकला , म्युजिकल चेयर र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमारले बालबालिकाको अधिकारलाई सुनिश्चित गर्दै दियो रणनीतिका साथ बालबालिकाको भविष्यलाई उज्वल बनाउन गुणस्तरीय शिक्षा , क्षमतावान विद्यार्थी निर्माण गर्ने कार्यमा नगरपालिका लागिरहेको बताए ।

वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले बालबालिकालाई श्रममा लगाउनु भनेको सामाजिक तथा कानुनी अपराध भएको कारण गुणस्तरीय शिक्षाका लागि विशेष रुपमा अभिभावकले आफ्ना बालबालिकाका लागि लगानी गर्नुपर्ने बताए ।

वडा नम्बर ९ का वडा अध्यक्ष लक्ष्मण यादवले बालबालिकाको अधिकारका बारेमा नेपालको संविधानमा स्पस्ट रुपमा व्याख्या भएका आधारमा अब उप्रान्त बालबालिकालाई नराम्रो हुने कुनै कार्य गरेमा कानुनले दण्ड गर्ने व्यवस्था रहेको बताए ।

प्रेस सल्लाहकार उत्तम आचार्य , १२ र ९ का वडा सदस्यद्वय लिलबहादुर सोम मगर , सरादेवी राम , सुनाखरी बोर्डिङ स्कुलका संचालक प्रमोद कटुवाल , दलित समाज सचेतना केन्द्रका अध्यक्ष डिकबहादुर विक , बाल संजालकी सहजकर्ता निशा तिमिल्सिना लगायतका व्यक्तिहरुले मन्तव्य व्यक्त गरेका थिए ।

वक्तृत्वकला प्रतियोगितामा धर्मेश्वर बाल क्लबकी सम्झना खतिवडा प्रथम , शंकर माध्यमिक विद्यालय रुपनगरकी अग्रता खडका द्वितीय र प्रगति टोल बाल क्लबका संयोग आचार्य तृतीय भएका थिए ।

म्युजिकल चेयर प्रतियोगितामा सुनाखरी बोर्डिङ स्कुलका शिवम महतो प्रथम , लिटिल फ्लावर बोर्डिङ स्कुलका रकिस अधिकारी द्वितीय र शंकर माध्यमिक विद्यालय रुपनगरका सागर राम तृतीय भएका थिए ।

हाजिरी जवाफ प्रतियोगितामा सुनाखरी बोर्डिङ स्कुल प्रथम , शंकर माध्यमिक विद्यालय द्वितीय , आर.डि मेमोरियल बोर्डिङ स्कुल तृतीय र राष्ट्रिय आधारभूत विद्यालय बस्तिपुर सान्त्वना भएको थियो । विजयीहरुलाई नगर प्रमुख बसन्त कुमारले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

त्यसैगरी नगरपालिकाको वडा नम्बर १ देखि १२ नम्बर वडामा विविध कार्यक्रम गरि भब्य रुपमा बाल दिवस मनाइएको छ ।

वडा नम्बर ९ र १२ भित्र रहेका बाल क्लब र विद्यालयहरू सहभागी रहेको कार्यक्रमको अध्यक्षता कुन्तामाई बाल संजालकी अध्यक्ष संजु बुढाथोकीले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com