कञ्चनरूपमा हात्तीले दिनहुँ घर तोडफोड गर्न थालेपछि स्थानिय बासी आक्रोशित

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , ११ पुष ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट तीनवटा समूहमा आएको जंगली हात्तीले मंगलबार राति कञ्चनरूप कञ्चनरूप १२  सितापुर ( रुपनगर ) मा तीन घर भत्काएर अन्नपात खानुका साथै खाट र भाडाकुडा तोडफोड गर्दा लाखौंको क्षति भएको छ ।

हिमाल विकको घर

रुपनगरको सितापुर स्थित ख्याम श्रेष्ठको १ घर भत्काउनुका साथै अन्नपात खाएर नोक्सान पुर्‍याउदा १ लाख भन्दा बढीको क्षति भएको छ , ख्यामकै बुबाको केराबारी नष्ट पार्दा हजारौंको क्षति भएको छ । हिमाल वि.क.को १ घर , १ खाट तोडफोड गर्नुका साथै अन्नपात समेत खाएर नोक्सान पुर्‍याएको छ । त्यसैगरी धनमाया श्रेष्ठको एउटा भान्सा घर भत्काउनुका साथै अन्नपात खाएर नोक्सान पुर्‍याएको छ । दर्जनौं किसानले खेतमा लगाएको गहुँ बाली कुल्चेर नोक्सान पुर्‍यादा लाखौंको क्षति भएको स्थानीयहरु बताउँछन् । 

दिनहुँ यसरी हात्तीले गाउँ पसेर वितंड मच्चाउनदा समेत सम्बन्धित निकाय मौन छ ।

जब रात पर्छ तब गाउँलेहरुमा डर र त्रास उत्पन्न हुन्छ र कुनबेला आएर जीउधनको क्षति हुन्छ त्यसको टुंगो नभएको स्थानिय होमबहादुर कार्की बताउँछन् ।

जंगलको संरक्षण र हात्तीको नियन्त्रण नगर्ने हो भने ठूलो धनजनको क्षति हुने कुरा बुद्धिजीवीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com