कञ्चनरूप गोरपारमा ढिस्कोले पुरिएर १ बालिकाको मृत्यु भएको छ भने १ सख्त घाइते

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , ८ कार्तिक ।

सप्तरीको कञ्चनरूप -११ गोरपारका ३ जना बालिका शुक्रबार दीपावलीको लागि घर लिप्ने कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर १ जना बालिकाको मृत्यु भएको छ भने १ जना सख्त घाइते भएकी छन् ।

माटो लिनको लागि कञ्चनरूप -११ स्थित रहेको लवलि पार्क देखि उत्तर पट्टी रहेको बगुवा खोलामा सेतो कमेरो माटो खन्ने क्रममा कञ्चनरूप ११ गोरपार निवासी पवन सरदारकी १३ वर्षीय छोरी पुष्पा कुमारी सरदारको घटनास्थलमै मृत्यु भएको छ भने सोही ठाउँका लागु सरदारकी १५ वर्षीय छोरी मन्त्रीत सरदारको देब्रे खुट्टा पुरै चुडिएर उपचारका लागि नोबेल हस्पिटल विराटनगर पठाइएको ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

सो ठाउँका मनिलाल सरदारको १७ वर्षीय छोरी सुस्मिता सरदारको कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र रुपनगरमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

साथै सोही घटना घटेको थाहा पाएपछि कञ्चनरूप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार घटनास्थलमा गई निरीक्षण गरी घाइते मन्त्रीत सरदारको उपचारका लागि रु २५ हजार आर्थिक सहयोग गरेको नगरपालिकाले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com