उत्सव आचार्य
कञ्चनरुप सप्तरी , २८ असार ।
कञ्चनरूप नगरपालिका कंचनपुरको शनिबार तेस्रो नगर सभा , वार्षिक निति तथा कार्यक्रम आ.व. २०७६/०७७ को बजेट सर्वसम्मत रुपमा पारित गर्दै सम्पन्न भएको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमारले सहमति र सहकार्य गरेर काम गरेको हुदा विकास निर्माणको कार्यले तिब्रता पाएको प्रदेश नम्बर २ कै नमुना नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरे ।
वर्षादको समयमा विपदको काम गर्नु पर्ने हिउँदको समयमा विकास निर्माणको कार्य गर्दा त्यसले दिगोरुप लिने र नगरको समृद्धि हुने बताए ।
उप-प्रमुख निरु पोखरेलले आ. ब . २०७६/०७७ को रु. ५१ करोड ७१ लाख ६६ हजारको बजेट प्रस्तुत गरेकी थिइन् । उप-प्रमुख पोखरेलले प्रस्तुत गरेको बजेट सर्वसम्मत रुपमा पारित गरेको थियो ।
प्रवक्ता राजकुमार साहले प्रस्तुत गरेको आर्थिक ऐन , वडा अध्यक्ष कैलाश साहले प्रस्तुत गरेको कञ्चनरूप नगरपालिकाको ०७६/०७७ को योजना कार्यान्वयन र न्यायीक समितिको संयोजक निरु पोखरेलले प्रस्तुत गरेको न्यायीक समितिको प्रतिवेदन नगर सभाले सर्वसम्मत रुपमा पारित गरेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्र , शाखा अधिकृत जगनप्रसाद श्रेष्ठ , सामाजिक विकास शाखा प्रमुख राजेश कुमार यादव , लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए ।
नगर प्रमुख बसन्त कुमारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।