कञ्चनरूप नगरपालिकाद्वारा विकास निर्माणका कार्यलाई अनुगमन निरीक्षण कार्य तिव्र

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १० माघ ।

           कञ्चनरूप नगरपालिकाले विकास निर्माण कार्यलाई तिव्रता दिए संगै अनुगमन निरीक्षण कार्यलाई समेत तिव्रताका साथ अगाडि बढाएको छ ।

        नगर प्रमुख बसन्त कुमारको नेतृत्वमा गएको टोलीले बिहीबार कञ्चनरूप -११ स्थित सिमरा , गोरपार , बरमझिया सडकको कालोपत्रे गर्ने कार्यको अनुगमन निरीक्षण गरेको छ । 

यस वर्ष ६ सय ३५ मिटर लम्बाई ५.५ मिटर चौडाई र २० एम.एम मोटाइ रहेको कालोपत्रे गर्ने कार्य जय श्रीराम कन्ट्रक्सनले भ्याट सहित रु. ३४ लाख ९३ हजार ९ सय रुपियाँमा ठेक्का लिई कार्य सुरु भएको नगरपालिकाका प्राविधिकले बताए ।

सो अनुगमन गर्ने क्रममा नगर प्रमुख बसन्त कुमारले काम ठोस हुन आवश्यक छ र स्थानीयले पनि राम्रो संग सडक निर्माण कार्यको रेखदेख गर्नुपर्ने हुदा राम्रो काम नभएको भेट्टिएमा तुरुन्त नगरपालिकामा खबर गर्न स्थानीयलाई आग्रह गरे ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत पेशल कुमार पोखरेल र प्रेस सल्लाहकार उत्तम आचार्य सहितको टोलीले अनुगमन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com