कञ्चनरूप नगरपालिकामा ४ वटा पालिकाका न्यायीक समिति कानुन निर्माण प्रक्रियामा कार्यक्रम सम्पन्न

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , २ कार्तिक ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर -२ जनकपुरधामले शनिबार कञ्चनरूप नगरपालिकाको सभाहलमा ४ वटा पालिकाका न्यायीक समिति , सल्लाहकार , कर्मचारीहरुका लागि स्थानीय तहमा कानुन निर्माण प्रक्रियामा सहजीकरण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा बोल्दै कञ्चनरूप नगरपालिकाका नगर प्रमुख बसन्त कुमारले स्थानीय सरकार भनेको कानुनले काम गर्न अप्ठ्यारो पारी रहेको छ त्यसैले स्थानीय तह संचालनका लागि स्थानीय तहलाई कानुन बनाई काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

मन्त्रालयका कानुन उपसचिव अवध किशोर कुशवाहाले राष्ट्र संचालनका लागि संविधान बनेको छ , त्यही संविधानको मातहतमा रहेर निति , नियम र उपनियमहरु बनेका छन् त्यसैले स्थानीय तह संचालनका लागि स्थानीय तहबाटै कानुन बनाई कार्य गर्नुपर्ने र त्यो कानुन प्रदेश र संघीय सरकारसँग बाझिन नहुने बताए ।

सो कार्यक्रममा मन्त्रालयका कानुन उपसचिव अवध किशोर कुशवाहा , कानुन अधिकृतद्वय सुरेन्द्र महतो , शान्ता चौधरी र नायव सुब्बा धर्मेन्द्र खड्गाले सहजीकरण गरेका थिए ।

कार्यक्रम कञ्चनरूप , सप्तकोसी नगरपालिका , तिरहुत , अग्नीसाइर कृष्णसवरण गाउँपालिका न्यायिक समितिका सदस्यहरू , सल्लाहकार कर्मचारीहरूको सहभागिता रहेको थियो भने कञ्चनरूप नगरपालिकाका नगर प्रमुख बसन्त कुमारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com