कञ्चनरूप नगरपालिका भदौ १९ गते प्रदेश २ को पहिलो बालमैत्री नगर घोषणा हुदै

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , ११ भदौ ।

कञ्चनरूप नगरपालिकाको बुधबार नगरपालिकाको सभाहलमा नगर स्तरीय बालमैत्री स्थानीय शासन समितिको बैठक सम्पन्न भएको छ ।

सो बैठकले भदौ १९ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यमा नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने निर्णय गरेको छ ।

बालमैत्री घोषणा प्रदेश नम्बर २ मा पहिलो र नेपालमै तेस्रो हुने बताइएको छ ।

घोषणा कार्यक्रमलाई सफल बनाउन नगर प्रमुख बसन्त कुमार मिश्रको संयोजकत्वमा मूल समिति र उपप्रमुख निरु पोखरेलको संयोजकत्वमा अतिथि सत्कार समिति तथा १९ वटा उपसमितिहरु समेत गठन गरी घोषणा कार्यक्रमलाई भव्य रुपमा सफल बनाउने बताइएको छ ।

सोमबार बैठकमा वडा अध्यक्षहरु , कार्यपालिकाका सदस्यहरु , प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्र , युनिसेफकी सर्मीला पौडेल , विषयगत शाखाका प्रमुखहरु , बालमैत्री स्थानीय शासनका फोकल पर्सन राजेश कुमार यादव , बालमैत्री स्थानीय शासन समितिका सदस्यहरु , बाल सञ्जालका सदस्यहरुको उपस्थिति रहेको थियो ।

नगर प्रमुख बसन्त कुमार मिश्रको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com