कञ्चनरूप नपाको नगर स्तरीय बाल संजालको बिहीबार समिक्षा बैठक सम्पन्न

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , २८ चैत्र ।

कञ्चनरूप नगरपालिका नगर स्तरीय बाल संजालको बिहीबार नगरपालिकाको सभाहलमा समिक्षा बैठक सम्पन्न भएको छ । 

सो कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गौरखनाथ मिश्रले यस नगरपालिका अन्तर्गत रहेको नगर स्तरीय बाल संजालका पदाधिकारीहरू क्षमता विकास भएको देख्दा खुशी व्यक्त गर्दै बालबालिका भविष्यको कर्णधार भएको हुदा बालबालिकामा लगानी लगाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

बालमैत्री स्थानीय शासनका फोकल पर्सन राजेश कुमार यादव , युनिसेफकी सर्मिला पौडेल , प्रेस सल्लाहकार उत्तम आचार्य , वडा सचिव मिरा देवी भट्टराई लगायतका वक्ताहरूले बालमैत्री घोषणाका लागि चाहिने सुचकहरु पुरा भएको हुदा घोषणाको तयारीमा जुट्न सबैलाई आग्रह गरे ।

नगरपालिकाभित्र १ सय ९ वटा बाल क्लब , १२ वटा वडा स्तरीय बाल संजाल र १ वटा नगर स्तरीय बाल संजाल रहेको छ । बालमैत्री घोषणा प्रदेश नम्बर २ मा पहिलो र राष्ट्रमा तेस्रो नगरपालिका हुने जानकारी गराए ।

नगर स्तरीय बाल संजालका कार्यवाहक अध्यक्ष राहुल अलीले बालमैत्री कार्यक्रम लागु भए पश्चात् समाजमा राम्रो परिवर्तन आएको बताए । बालविवाह , बालश्रम , बाल दुर्ववहार गर्दा आफ्ना बालबच्चामा पर्ने असरका बारेमा थाहा पाई अभिभावकहरू नै अहिले अरुलाई बुझाउने कार्यमा लागेको , सरसफाइमा ध्यान दिनु पर्ने , छोराछोरीलाई विद्यालय पठाउनुपर्ने , जन्मदर्ता गराउनुपर्ने , खोप लगाउनुपर्ने जस्ता क्रियाकलापको बारेमा सबैमा जनचेतना भएको कुराको जानकारी गराउदै योजना छनोट गर्दा पनि बालक्लब , बाल संजालका प्रतिनिधिहरुलाई बोलाई क्षमता विकास , बालमैत्री पार्क , खेलकुद लगायतका योजनाहरु पारि कार्यक्रम संचालन गरेको , स्वास्थ्य व्यवस्थापन समिति र विद्यालय व्यवस्थापन समितिमा समेत सहभागी गराउने गरेको जानकारी गराए । 

बाल संजालका सहजकर्ताहरु निशा तिम्सिना , रंज्योती चौधरी , पिन्टु सदा , जितेन्द्र साहले सहजीकरण गरेका थिए ।

सोही अवसरमा बाल संजालले नयाँ आएका प्रमुख प्रशासकीय अधिकृत गौरखनाथ मिश्रलाई अबिरको टीका लगाई तराईको चिन्ह अंकित गम्छा ओढाएर स्वागत गरेका थिए । 

बाल संजालका कार्यवाहक अध्यक्ष राहुल अलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com