कञ्चनरूप नपामा ९ सदस्यीय नगर स्तरीय स्वास्थ्य विपद व्यवस्थापन समिति गठन

उत्सव आचार्य
कञ्चनरूप सप्तरी , २२ असार ।

कञ्चनरूप नगरपालिका स्वास्थ्य शाखा कंचनपुर सप्तरीको आयोजनामा आइतबार प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरमा प्रकोप जोखिम व्यवस्थापन आकस्मिक पोषण कार्ययोजना सम्बन्धि १ दिने गोष्ठी तथा पोषण सम्बन्धि अर्लिवार्निङ् सिस्टम विकास स्थापना सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।

सो कार्यक्रममा बोल्दै उपप्रमुख निरु पोखरेलले कुपोषित बालबालिकालाई कसरी व्यवस्थित गर्न सकिन्छ , कुपोषित हुन नदिन कस्ताकस्ता उपायहरू अपनाउने बारेमा जनचेतना फैलाउन नगरपालिका अगाडि बढ्ने बताइन् ।

वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले बालबालिकालाई कसरी कुपोषित ( कुपोषण ) हुनबाट जोगाउन सकिन्छ त्यसतर्फ नगरपालिकाले विशेष ध्यान दिएर अगाडि बढेको बताउदै यसअघि वडा नम्बर ३ , ५ ,८ मा पोषणका कार्यक्रम संचालन गरिएकोमा यसपालिबाट सबै वडामा पोषणका कार्यक्रम संचालन गरिने जानकारी गराए ।

स्वास्थ्य शाखाका संयोजक डम्बर प्रसाद गुप्ताले आ.व. ०७५/०७६ मा ९७ जना बालबालिकामा कुपोषित भएको पाइएकोमा त्यसमा ५० जना बालबालिका निको भइसकेको र बाँकी पनि निको हुने अवस्थामा रहेको जानकारी गराउदै नगरपालिकालाई कसरी कुपोषण ( कुपोषित ) मुक्त नगरपालिका बनाउने त्यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताए ।

सञ्चारकर्मी भोला पासवान , स्वास्थ्य शाखाका सह-संयोजकद्वय आनन्द प्रसाद गुप्ता र सुरेन्द्र प्रसाद यादव , वडा नम्बर ४ का स्वास्थ्य चौकीका प्रमुख योगानन्द पण्डित लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए ।

 

सो कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. संजिव कुमार झा र सिअहेव लक्ष्मीनारायण चौधरीले सहजीकरण गरेका थिए । सोही कार्यक्रमबाट डा. संजिव कुमार झाको संयोजकत्वमा ९ सदस्यीय नगर स्तरीय स्वास्थ्य विपद व्यवस्थापन समिति गठन गरेको छ । जसको सदस्यहरुमा मनोज कुमार साह , लालबहादुर राउत , बिरेन्द्र प्रसाद साह , लक्ष्मीनारायण चौधरी ,कविता गुप्ता , भरत प्रसाद गुप्ता , मुरारी कटुवा , स्वास्थ्य शाखाका संयोजक डम्बर प्रसाद गुप्ता ,रहेका छन् भने अभिमुखिकरण कार्यक्रममा कार्यपालिका सदस्य , स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो भने शाखा अधिकृत जगन प्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com