कञ्चनरूप नपालाई बालमैत्री घोषणा प्रमाणिकरणका लागि जिल्ला स्तरीय अनुगमन

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , ९ वैशाख ।

कञ्चनरूप नगरपालिकालाई बालमैत्री घोषणा प्रमाणिकरणका लागि सोमबार जिल्ला स्तरीय अनुगमन भएको छ ।

जिल्ला समन्वय समिति सप्तरीका जिल्ला समन्वय अधिकारी नवराज खडकाको नेतृत्वमा आएको अनुगमन टोलीले नगरपालिकाको सभाहलमा अन्तरक्रिया गरि अनुगमन गरेको थियो । 

सो अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमारले बालबालिकालाई राम्रो बनाउनका लागि बालबालिकामा लगानी गरि उनीहरूको शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बताउदै बालमैत्री नगर घोषणाका लागि नगरपालिकाले सबै सुचकहरु पूरा गरि प्रमाणीकरणका लागि जिल्ला स्तरीय अनुगमन गराएको बताए ।

नगर उप प्रमुख निरु पोखरेलले शिक्षा र स्वास्थ्य राम्रो भएन भने नगर समृद्ध बन्न नसक्ने हुदा नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखी कार्य गरिरहेको बताउदै अहिले सबै कुरालाई थाती राखी नगरलाई बालमैत्री नगर घोषणा गर्नका लागि सबै शक्ति परिचालन गरि अगाडि बढेको बताइन् ।

बालमैत्री स्थानीय शासनका फोकल पर्सन राजेश कुमार यादवले बालमैत्री घोषणाका लागि सुरु देखि हालसम्म भएका प्रगतिका बारेमा अनुगमन टोलीलाई जानकारी गराएका थिए ।

अनुगमन टोलीले प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुर , सर्वोदय माध्यमिक विद्यालय कंचनपुर , आधारभूत विद्यालय बरमझिया , स्वास्थ्य चौकी बरमझिया , वडा नम्बर २,३,६ र ७ को अनुगमन गरेको थियो । सो वडा कार्यालयमा अन्तरक्रिया पश्चात् फायलहरु हेर्ने काम समेत भएको थियो । 

अनुगमन टोलीले मंगलबार अनुगमन गरिसके पछि प्रतिक्रिया दिने बताएको छ ।

अनुगमन टोलीमा जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत सुभाष प्रसाद मण्डल , गैसस महासंघ सप्तरी अध्यक्ष शम्भुनन्दन चौधरी , जिल्ला जनस्वास्थ्य कार्यालयका आलोक कुमार , तिलाठी कोइलाडी गाउँपालिकाका का.सं. राजेश झा , युनिसेफका अशोक झा , सर्मिला पौडेल , प्रमुख प्रशासकीय अधिकृत गौरखनाथ मिश्र , प्रवक्ता राजकुमार साह , प्रेस सल्लाहकार उत्तम आचार्य लगायतका व्यक्तिहरू रहेका थिए भने नगर प्रमुख बसन्त कुमारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com