कञ्चनरूप नपालाई बालमैत्री घोषणा प्रमाणिकरणका लागि दुई दिने जिल्ला स्तरीय अनुगमन सम्पन्न

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १० वैशाख ।

कञ्चनरूप नगरपालिकालाई बालमैत्री घोषणा प्रमाणिकरणका लागि मंगलबार जिल्ला स्तरीय अनुगमन सम्पन्न भएको छ । 

जिल्ला समन्वय समिति सप्तरीका जिल्ला समन्वय अधिकारी नवराज खडकाको नेतृत्वमा आएको अनुगमन टोलीले सोमबार र मंगलबार दुई दिन लगाएर नगरपालिकाको ४ वटा बाकसका ३९ वटा सुचकहरुलाई केलाई अध्ययन र अनुगमन गर्दा सबै क्षेत्रमा राम्रो पक्ष रहेको , सबै आवाज एकै रहेकोले बालमैत्री घोषणाका लागि प्रमाणीकरण गर्न उपयुुक्त रहेको ठहर गर्दै प्रतिवेदन २ दिन भित्र बुझाउने अनुगमन टोलीले बताएको छ ।

अनुगमन सकिएपछि नगरपालिकाको सभाहलमा आई सम्पूर्ण श्रेस्ता तथा फायलहरु र कागजातहरु हेर्ने काम गरिसकेपछि समापन कार्यक्रम भएको थियो ।

सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमारले नगरलाई बालमैत्री घोषणा उन्मुख बनाउन सहयोग गर्नुहुने सम्पूर्ण पक्ष तथा सरोकारवालाहरुलाई धन्यवाद दिदै मिहिनेतका साथ राम्रो काम गर्दा त्यसको प्रतिफल राम्रो हुने बताए ।

आर्थिक लाभ र पढाइको लाभमा लोभ नगर्ने हो भने हरेक मानिस शक्तिशाली हुने बताउदै सकारात्मक सोचका साथ सबै एकजुट भएर लाग्ने हो भने सप्तरीको सुधार पक्कै हुने बताए ।

नगर उप- प्रमुख निरु पोखरेलले बालमैत्री घोषणा पश्चात् दिगोपनाका लागि नगरपालिकाले कामको थालनी गरेको हुदा बालमैत्री पूर्णरूपमा सफल हुने दाबी गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत गौरखनाथ मिश्रले बालमैत्री घोषणाका लागि नगरपालिका तयारी अवस्थामा रहेको र अब घोषणा हुन मात्रै बाकी रहेको बताए ।

जिल्ला समन्वय समिति सप्तरीका जिल्ला समन्वय अधिकारी नवराज खडकाले कञ्चनरूप नगरपालिका बालमैत्री घोषणा उन्मुख रहेकोमा खुशी व्यक्त गर्दै यो अवस्था सम्म ल्याउ सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिए ।

गैसस महासंघका अध्यक्ष एवं अनुगमन टोलीका सदस्य शम्भुनन्दन चौधरीले नगर बालमैत्री हुन लागेकामा खुशी व्यक्त गर्दै यसलाई दिगोपन दिन आवश्यक रहेको बताए ।

युनिसेफका अशोक झाले बालमैत्री घोषणाका लागि सबैको योगदान बराबर भएकै कारण बालमैत्री नगर घोषणा हुन लागेको बताउदै मेहनतको फल पाकी सकेको छ खान मात्रै बाँकी रहेको बताए ।

बाल संजालकी पूर्व सदस्य भावना पौडेलले जिल्ला बाट अनुगमन हुनु नै बालमैत्री घोषणा भए सरह रहेको बताइन् ।

दलित बस्तीको अनुगमन

बालमैत्री स्थानीय शासनका फोकल पर्सन राजेश कुमार यादवले जिल्ला स्तरीय अनुगमन सफल रहेको बताउदै केही इन्डिकेटर हरुलाई अझ प्रभावकारी बनाएर जाने बताए ।

अनुगमन टोलीले २ दिनमा प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुर , सर्वोदय मा.वि. कंचनपुर , आधारभूत विद्यालय बरमझिया , स्वास्थ्य चौकी बरमझिया , वडा नम्बर २ , ३,६ र ७ को वडा कार्यालय , ११ नम्बर वडाको सदा बस्ती , शंकर मा.वि रुपनगर , ५ नम्बर वडा पिप्रापूर्वको दलित बस्तीको समेत अनुगमन गरेको थियो ।

शंकर माविको अनुगमन

अनुगमन टोलीमा जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत सुभाष प्रसाद मण्डल , गैसस महासंघ सप्तरी अध्यक्ष शम्भुनन्दन चौधरी , जिल्ला जनस्वास्थ्य कार्यालयका आलोक कुमार , तिलाठी कोइलाडी गाउँपालिकाका का.सं. राजेश झा , युनिसेफका अशोक झा , सर्मिला पौडेल , प्रमुख प्रशासकीय अधिकृत गौरखनाथ मिश्र , सल्लाहकार खिलानाथ पोखरेल  , प्रेस सल्लाहकार उत्तम आचार्य लगायतका व्यक्तिहरू रहेका थिए भने नगर प्रमुख बसन्त कुमारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सदा बस्तीको अनुगमन

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com