कर्मचारी पेन्सनमा ३७ अर्ब, कुल बजेटको ४.४९

आजको नयाँ पत्रिका दैनिकले कर्मचारी पेन्सनमा ३७ अर्ब, कुल बजेटको ४.४९ प्रतिशत खर्च भएको समाचार छापेको छ ।

निवृत्त सरकारी कर्मचारीलाई पेन्सनबापत दिने रकम ०७१/७२ मा रु. २६ अर्ब १ करोड, ०७२/७३ मा ३४ अर्ब ९८ करोड र ०७३/७४ मा ३७ अर्ब १० करोड पुगेको छ । निवृत्तिभरण खर्च यस वर्षको सरकारको कुल खर्चको ४.४९ प्रतिशत र चालू खर्चको ७.१९ प्रतिशत छ ।

निवृत्तिभरण दायित्व बढ्दै गएको सन्दर्भमा योगदानमूलक निवृत्तिभरणको अवधारणालाई कार्यान्वयनमा ल्याउनुपर्ने व्यहोरा विगतदेखि औँल्याइएकोमा सरकारले बजेटमार्फत नीतिगत प्रतिबद्धता जनाएको भए पनि कार्यान्वयन हुन नसकेको टिप्पणी महालेखाको छ ।

तपाईको प्रतिक्रिया

About the Author

Team KR News