काठमाडौं आउँदै गरेको बस सुनकोशीमा खस्यो, ६ जनाको मृत्यु

१७ कात्तिक, काठमाडौं । दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा सुनकोशी नदीमा खसेको छ । दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

बा २ ख ७२४५ को बस चौतारा साँगचोकगढी नगरपालिका—९ स्थित सडकबाट तल सुनकोशी नदिमा खसेको हो । अहिलेसम्म ६ जनाको मृत्यु भएको र मृतकको सँख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार बस पुरै नदीमा डुबेको छ । घटनास्थलमा उद्दार कार्य जारी छ । मृतकहरुको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने खुलेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com