किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि दुई दिने अभिमुखिकरण सुरु

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , २८ पुष । कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सोमबार नगरपालिकाको सभाहलमा समुदाय स्तरिय किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।
युनिसेफको सहयोगमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमारले किशोरकिशोरी अवस्थामा दुई विपरित लिङ्गका व्यक्तिहरु बीच राम्रो सम्बन्ध कायम गरी आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै किशोरकिशोरीहरु समाज रुपान्तरण गर्ने अभियानमा लागि असल नागरिक बन्नु पर्नेमा जोड दिए ।
शाखा अधिकृत जगनप्रसाद श्रेष्ठ , बालमैत्री स्थानिय शासनका फोकल पर्सन राजेश कुमार गादव , नगर प्रवक्ता राजकुमार साह , सल्लाहकार खिलानाथ पोखरेल , स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत रामसेवक यादवले किशोरावस्थाका विभिन्न पक्षहरुको बारेमा जानकारी गराउनुका साथै स्वास्थ्य संस्था र किशोरकिशोरीहरुको स्वास्थ्य समस्या बीच रहेको दुरी हटाउन कार्ययोजना निमार्ण गर्ने कार्यक्रमको उदेश्य रहेको जानकारी गराए ।
पोषण कार्यक्रमकी स्वयंसेवक सुशीला चौधरीले सहयोगीको भूमिका निर्वाह गरेकी थिइन भने प्रशिक्षकहरु प्राथमिक स्वास्थ्उ केन्द्र कंचनपुरका डम. संजिव कुमार झा , स्टाफ नर्स सपना चौधरी , युनिसेफका दिपक चौधरीले अभिमुखिकरण कार्यक्रममा सहजीकरण गरेका थिए ।
स्वास्थ्य शाखाका सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताद्वारा संचालित कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकिय अधिकृत पुरुषेत्तम ढकालले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com