किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , २९ पुष । कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कंचनपुर सप्तरीको आयोजनामा मंगलवार नगरपालिकाको सभाहलमा समुदाय स्तरीय किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमारले किशोरकिशोरीहरुले बानी व्यवहा।का साथै शिक्षा र स्वास्थ्यलाई राम्रो बनाउँदै नकारात्मक कुराहरुले समाजमा पुर्‍याउने असरका बारेमा आफूले नेतृत्वदायी भूमिका निर्वाह गरी जनचेतना फैलाउनुपर्ने बताए ।
युनिसेफका यदिपक चौधरीले नेपालको तथ्याङ्कमा २० वर्ष मुनी गर्भवति हुनेको संख्या १७ प्रतिशत रहेकोले कलिलो उमेरमा गर्भवति हुँदा त्यसबाट उत्पन्न हुने जोखिमका बारेमा जनचेतना फैलाउनु पर्ने बताए ।
सल्लाहकार खिलनाथ पोखरेल , स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत रामसेवक यादव , सुरेन्द्र प्रसाद यादव , सहभागीको तर्फबाट नर्सिङ्ग स्टार्फ तृप्ती कुमारी साह , राहुल अली , नितु साह लगायतका बक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरका प्रमुख डा. संजिव कुमार झा , स्टार्फ नर्स सपना चौधरी , युनिसेफका दिपक चौधरीले सहजीकरण गरेका थिए ।
स्वास्थ्य शाखाका सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताद्वारा संचालित कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकिय अधिकृत पुरुषेत्तम ढकालले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com