किसानहरू सक्षम नभएसम्म राष्ट्र समृद्ध बन्न नसक्ने : मन्त्री शैलेन्द्र प्रसाद साह

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , २४ भदौ ।

किसानहरू सक्षम नभएसम्म राष्ट्र समृद्ध बन्न नसक्ने कुरा कञ्चनरूपमा आयोजित एक कार्यक्रममा प्रदेश नम्बर २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बताए ।

मंगलबार कञ्चनरूप नगरपालिका वडा नम्बर ११ का मुस्लिम समुदायहरुद्वारा आयोजित मोहरम (दहा) मेलाको उद्घाटन गर्दै मन्त्री साहले सो कुरा बताएका हुन ।

खडेरीले गर्दा किसानहरू ठूलो मारमा परेको र किसानलाई सम्मान नगर्ने परम्पराले गर्दा कृषि पेसा धारासाही हुदै गएकाले प्रदेश सरकारले किसानलाई सम्मान गर्दै सिचाइको लागि कोशी कमला डाइभर्सनको काम चाडो सुरु गर्ने बताए । हर खेतमा पानी हर हातमा रोजगारी दिलाउन प्रदेश सरकारले काम गरिरहेको बताउदै प्रदेश नम्बर २ मा ३ स्थानमा आर्गेनिक मलको कारखाना खोल्ने र त्यसमध्ये एक कारखाना कञ्चनरूप नगरपालिका भित्रै खोल्ने तयारी मा रहेको जानकारी गराउदै कृषि लाई प्राथमिकतामा राखी विद्युतिकरण गर्न आवश्यक रहेको बताए ।

प्रदेश सरकारले मुस्लिम समुदायलाई विशेष प्राथमिकतामा राखी मुस्लिम समुदायको समस्यालाई समाधान गर्न प्रदेश सरकारले काम गरिरहेको समेत मन्त्री साहले बताए ।

पूर्व मन्त्री हेमराज तातेडले पर्वका विभिन्न स्वरूप हुन्छन् त्यसमध्ये मोहरम पर्व पनि एक हो । यस पर्वमा युद्ध कलाको प्रदर्शन गरिनुका साथै हिन्दु मुस्लिमलाई एकताको सुत्रमा बाँध्ने समेत काम गर्छ ।

उप-प्रमुख निरु पोखरेलले सबै जातजाति र भाषाभाषीको धर्म संस्कृति र पर्वको महत्त्वको बारेमा बुझाउन जरुरी रहेको र यस पर्वले सबैलाई एकताको सूत्रमा बाँध्ने काम गरोस् भन्ने शुभकामना व्यक्त गरिन ।

उप-प्रमुख निरु पोखरेल

नगरपालिकाका प्रेस सल्लाहकार उत्तम आचार्यले सप्तरी जिल्ला सहित कञ्चनरूप नगरपालिकाका किसानहरू सुख्खा खडेरी लाग्नाले ठूलो मारमा परेको र चुरेको विनाशले गर्दा पानीको मुहान सुकी खानेपानीमा ठूलो समस्या उत्पन्न भएको हुदा सिचाइ र खानेपानीको व्यवस्था मिलाउन मन्त्री साहको ध्यानाकर्षण गराए ।

संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादव , वडा नम्बर १० का वडा अध्यक्ष दिलिप कुमार चौधरी , रेडियो जय मधेसका पवन रौनियार , समाजसेवी ज्ञानु माझी , राजाराम यादव लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए ।

११ नम्बरका वडा अध्यक्ष मो. जिवरीलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com