कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र कंचनरुप –१२ रुपनगरमा निशुल्क आँखा शिविर सुरु

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , ४ माघ । कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र कंचनरुप –१२ रुपनगरको आयोजनामा तथा कञ्चनरुप नगरपालिका र तिलगंगा नेत्र प्रतिष्ठान काठमाडौंको सहयोगमा शनिवारबाट निशुल्क आँखा शिविर सुरु भएको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमारले तिलगंगा नेत्र प्रतिष्ठान नेपालमा मात्र नभई विश्वमा नै नाम कमाउन सफल भएकोमा धन्यवाद दिदै गरिब दुखी को लागि निशुल्क रुपमा आँखाको शिविर संचालन हुनु ठुलो उपलब्धी रहेको बताउँदै आगामि दिनमा तिलगंगा नेत्र प्रतिष्ठानले यस क्षेत्रमा आँखाको अस्पताल खोल्नका लागि सहयोग गरेमा यस भेगका जनताका लागि ठुलो राहत हुने र अस्पताल संचालनका लागि नगरपालिकाले पनि सहयोग गर्ने बताए ।
तिलगंगा नेत्र प्रतिष्ठानका डा. संयम बजिमयले गरिब दुखी जनताको लागि स्वास्थ्य क्षेत्रमा सेवा गर्न पाउदा खुशी व्यक्त गरे ।
पूर्व डिआईजी डा. प्रेमलाल श्रेष्ठले केहि वर्षदेखि शिक्षा र स्वास्थ्यमा काम गर्दै आएको जानकारी गराउँदै तिलगंगा नेत्र प्रतिष्ठानले ठुलो सहयोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु संचालन गर्ने बताए ।
१ हजार बिरामीको जाँच गरिएकोमा २ सय १५ जना आँखाका बिरामिको मोतिया विन्दु को शल्यक्रिया गरेको उपचार केन्द्रका कोषाध्यक्ष राजन अधिकारीले बताए । शिविर ७ गतेसम्म संचालन हुने समेत बताए ।
स्वागत मन्तव्य व्यवस्थापन समितिका सदस्य हरिनारायण साहले गरेका थिए भने व्यवस्थापन समितिका अध्यक्ष प्रकाश दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com