कृषकले निजी खेत, खला तथा बारीमा आउने जंगली बँदेल मार्न अनुमति पाए

कृषकले निजी खेत, खला तथा बारीमा आउने जंगली बँदेल मार्न अनुमति पाएका छन्।

सरकारले कृषि हानिकारक वन्यजन्तु  घोषणा अन्तर्गत निजी  बालिनालीमा क्षति गर्ने जंगली बँदेल मार्नसमेत सकिने नियम बनाएको हो।

वन तथा वातावरण मन्त्रालयका अनुसार जंगली बँदेलले किसानको खेतबारीमा आई बालीनालीमा नोक्सान पुर्‍याएमा वा धनजनको हानी नोक्सानी गरेमा किसानले एक्लै वा सामूहिक रुपमा बँदेललाई धपाउन, लखेट्न वा पक्रन सक्ने छन्। पक्राउ गरेको बँदेलबारे जानकारी भने सम्बन्धित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, डिभिजन वन कार्यालयमा गराउनु पर्नेछ। यदि बँदेललाई धपाउने वा पक्रने क्रममा बँदेल मर्‍यो भने सम्बन्धित वडाका प्रतिनिधिसहित कम्तिमा ५ जनाको रोहबरमा मुचुल्का उठाएर गाड्न सकिने मन्त्रालयले जनाएको छ।

स्थानीय तहको राजस्व खातामा रकम जाने गरी बँदेललाई उपयोग गर्न सकिने र त्यसको जानकारीसमेत निकुञ्जलाई गराउन सकिने प्रावधान छ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com