कृष्ण तिमल्सीनाको कविता "म आफ्नै जीन्दगीदेखि हारिरकेको मान्छे"

कृष्ण तिमिल्सीनाको कविता “म आफ्नै जीन्दगीदेखि हारिरकेको मान्छे”
म आफ्नै जीन्दगीदेखि हारिरकेकाे मान्छे।
म बाटो हिन्दाहिन्दै थाकिरकेको मान्छे।।

आफ्नो अँध्यारो भविष्य बारे सोच्दै
म वर्तमानमा आफै हासिरहेको मान्छे।।

जिवनका सुन्दर कयौं युद्ध हरुमा
म डटेर असफलभै लडिरहेको मान्छे।।

कुण्ठाभै उठ्न धेरै पटक खोज्दा
म अरुलाई फसाउँदा फसिरहेको मान्छे।।

जिबनरुपी सुन्दर माया मोहमा फस्दै
म ज्ञानको मोक्ष खोजिरहेको मान्छे।।

धन कमाई धनी बन्ने सोचमा
म मनको गरिबी नदेखिरहेको मान्छे।।

चाहेको पाउन जिवनभर अनगिन्ती पापगर्दै
म गंगागै गल्तीहरू पखालिरहेको मान्छे।।

आफ्नो मात्र सबै पुराहोस् भन्दै
म जिन्दगीको गोरेटोमा बढिरहेको मान्छे।।

कृष्ण तिमिल्सीना
कञ्चनरुप १२ , रुपनगर
सप्तरी ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com