के हो अप्रिल फुल ? किन ढाँटिन्ट यो दिन

ग्रोरियन क्यालेन्डरको अप्रिल १ तारिकलाई अप्रिल फुलका रुपमा मनाउने गरिन्छ । तर यो अप्रिल फुल किन मनाउन थालियो भन्ने एकिन इतिहास छैन । अप्रिल फुल मनाइने विभिन्न अनुमान भने छन् । मध्ययुगमा युरोपका सबैजसो सहरहरुमा मार्च २५ मा नयाँ वर्षको उत्सव मनाइन्थ्यो । फ्रान्सको केही क्षेत्रमा एक हप्तासम्म नयाँ वर्ष मनाइन्थ्यो । अप्रिल १ देखि नयाँ वर्ष सुरु भएको मान्ने गरिन्थ्यो ।

जो मानिसहरु जनवरी १ तारिकमा नयाँ वर्ष मनाउँथे उनीहरुले अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरुलाई मुर्ख भन्न थाले । अप्रिल १ नयाँ वर्ष होइन ‘अप्रिल फुल’ हो भन्न थालियो ।

सन् १५६४ देखि फ्रान्सले पनि आधिकारिक रुपमा जनवरी १ लाई नयाँ वर्ष अवलम्वन गर्यो । तर सरकारको त्यो निर्णय मन नपराउनेहरु पनि निस्किए । जसले अप्रिल १ मै नयाँ वर्ष हुनुपर्छ भन्न थाले । यस्तो भन्ने पुरानाहरुलाई नयाँले मुर्ख भन्न थाले भन्ने तर्क दिने गरिन्छ । (न्युज २४)

तपाईको प्रतिक्रिया

About the Author

Team KR News