कोशी टप्पु वन्यजन्तु आरक्षमा चार दर्जन गाईगोरु मृत अवस्थामा फेला

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , २३ साउन ।

कोशी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती घाँसे जंगलमा करिब चार दर्जन गाईगोरु मृत अवस्थामा फेला परेको छ ।

सुनसरीको बराह नगरपालिका वडा नं. ६ र ९ स्थित कोशी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती घाँसे जंगलमा स्थानीयको ४४ वटा गाई गोरु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जंगलमा गाई गोरु मृत रहेको भन्ने खबर पाएपछि प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले २८ वटा गाई र १६ वटा गोरु मृत अवस्थामा भेटिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com