कोशी नदीमा हामफालेकी महिलाको प्रहरीद्वारा सकुशल उद्धार

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , १५ कार्तिक ।
कोशी नदीमा हामफालेको महिलालाई शुक्रबार प्रहरीद्वारा सकुशल उद्धार गरेका छन ।
सप्तरी जिल्ला हनुमाननगर कंकालिनि नगरपालिका १ कोशी व्यारेजको ५२ नं. ढोका बाट शुक्रबार बिहान १०ः२५ बजेको समयमा जिल्ला सप्तरी खडक नगरपालिका १० बनौलि बस्ने उमेश चौधरीकी २१ वर्षीय श्रीमति मनिषा चौधरीले कोशी नदीमा हामफालेकी हुन् ।

ईलाका प्रहरी कार्यालय भारदह बाट कोशी नदीको छठ घाट सरसफाईको लागि प्रहरी नायव निरीक्षक मो. साकिर राईनको कमाण्डमा खटिएको प्रहरी टोलिले देखि तत्काल उद्धार गरेको हो ।
तत्कालै महिलालाई स्थानिय अस्पताल भारदहमा ल्याई उपचार गरिएको र अहिले उनको अवस्था सामान्य रहेको प्रहरी नायव निरीक्षक मो. राईनले बताए ।
के कारणले महिलाले कोशी नदिमा हामफालेको भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com