कोशी पुलमा मालवाहक ट्रक दुर्घटना

उत्सव आचार्य 

कञ्चनरुप सप्तरी ,२५ जेष्ठ ।

सप्तरी र सुनसरीको सिमामा पर्ने सप्तकोशी नदिको पुलमा आज बिहान मालबाहक ट्रक दुर्घटना भएको छ ।

शुक्रबार बिहानको करिब ८:३० बजेको समयमा ट्रक दुर्घटना भएको छ । महेन्द्र राजमार्ग अन्तर्गत पर्ने सप्तकोशी पुलमा पश्चिमबाट पूर्व तिर जादै गरेको ना २ ख ७१७३ नम्बरको मालबाहक ट्रक सप्तकोशी नदीको पुलमा दुर्घटना ग्रस्त भएको हो । दुर्घटना ग्रस्त ट्रकले मुख्य सडक छेकेकाले राजमार्ग अबरुद्ध भएको छ । ट्रकले एउटा बिजुलीको पोल र पुलमा समेत क्षति पुर्याएको छ भने कुनै पनि मानव्य क्षति नभएको ईलाका प्रहरी कार्ययालय कंचनपुरले  जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com