कोसी ब्यारेजमा बुधबार दिउँसो मरेको गोही भेटियो

सप्तरी । कोसी ब्यारेजमा बुधबार दिउँसो मरेको गोही भेटिएको छ ।

सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ स्थित कोशी ब्यारेजमा मरेको गोही भेटिएको हो ।

कोशी नदीले बगाएर ल्याएको लगभग ७० केजी र ५ फिट लामो गोही देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मरेको अवस्थामा भेटिएको गोहीलाई कोशीटप्पु वन्यजन्तु आरक्ष पश्चिम कुशाहाको जिम्मा लगाइएको अस्थायी प्रहरी चौकी कोशी ब्यारेजका असइ बिनबहादुर पाण्डेयले जानकारी दिए ।

केही महिनाअघि पनि एउटा गोही घाइते अवस्थामा भेटिएको थियो र कोशीटप्पु वन्यजन्तु आरक्षले उपचार गरेर छाडेको थियो । सोही घाइते गोही मरेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com