क्रिमसन किड्स एकेडेमीले मनायो अन्तर्राष्ट्रिय बाल दिवस

बृजमान तामाङ

बिरेन्द्र बजार, ४ मंसिर ।

सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ मा बुधबार क्रिमसन किड्स एकेडेमी चांदनी चौकले अन्तर्राष्ट्रिय बाल दिबस मनाएको छ ।

विद्यालयमा नृत्य , बकतृत्वकला, खेलकुद प्रतियोगिता लगायतका विभिन्न कार्यक्रमको आयोजना गरि विश्व बाल दिवस मनाएको हो ।

उक्त अवसरमा आयोजित नृत्य प्रतियोगितामा १० जना मध्ये सुष्मा लामा प्रथम, काजल यादव द्वितीय , स्मृति चौधरी तृतीय र नम्रता चौधरीले सान्त्वना स्थान हासिल गरेकी छन्  ।

यसैगरी बकतृत्वकला प्रतियोगितामा आरती साह प्रथम, प्राप्ति चौधरी द्वितीय ,प्रेणा चौधरी तृतीय र स्मृति चौधरीले सान्त्वना स्थान हासिल गरेका छन् ।

यसैगरी खेलतर्फ स्पोन माईलमा प्राप्ती चौधरी, शुज रेसमा सन्नु भगत, दौड छात्र तर्फ रितेश चौधरी, छात्रा तर्फ भुमिका चौधरीले प्रथम स्थान हासिल गरे ।

प्रतियोगितामा सहभागी छात्रछात्रालाई पत्रकार बृजमान तामाङ, समाजसेवी कुशेश्वर प्रसाद चौधरी र विद्यालयका प्रिन्सिपल केशव चौधरीले शैक्षिक सामग्री पुरस्कार हस्तान्तरण गरे ।

शिक्षक सुवास परियारद्वारा संचालित कार्यक्रममा स्वागत छात्रा कृस्मा हुजदार चौधरीले गरिन ।

यस अघि विद्यालय परिसरबाट निकालिएको रयाली मबि सितापुर भुर्की हुदै विभिन्न गाउँ परिक्रमा गरि पुन: विद्यालयमा पुगि कार्यक्रममा परिणत भएको थियो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com