खडक नगरपालिका शत प्रतिशत विद्यालय भर्ना घोषणा

वृजमान तामाङ

विरेन्द्र वजार । २९ भदौ- सप्तरीको खडक नगरपालिका शत प्रतिशात बिधालय भर्ना घोषणा भएको छ ।

खड्क नगरपालिकाद्वारा आइतबार आयोजित एक समारोहका बिच प्रदेश नम्बर २ का भुमिब्याबस्था, कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले खडक नगरपालिकालाई शत प्रतिशत बिधालय भर्ना घोषणा गरेका हुन ।

घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले बिधालय भर्ना कार्यक्रमले प्रदेश सरकारको शिक्षामा सबैको पहुँच गराउने योजनालाई सघाउ पुगेको बताए ।

मन्त्री साहले प्रदेश सरकारले शिक्षा क्षेत्रको बिकासका लागि साईकल बितरण, छोरी बिमा जस्ता लोकप्रिय कार्यक्रम अगाडि सरेको प्रष्ट पारे । प्रदेश सरकारले महिलालाई सम्मान अबसर र अधिकारका लागि प्रदेशको को हरेक निकाय ५० प्रतिशत आरक्षण दिएको उल्लेख गर्दै उनले भने, महिलाको शिक्षामा पहुँच नभए सम्म प्रदेशको समृद्धि हुन सक्दैन । उनले प्रदेशमा लैङ्गकि विभेद उन्मुलन गर्दै महिला मैत्री प्रदेश बनाउन सबैलाई सहयोग गर्न अग्रह गरे ।

बोदेबर्साईन नगरपालिकाका प्रमुख आतेश कुमार सिंह यादवले बिधालय घोषणा कार्यक्रमको गरिमालाई बचाउन बेलाबखत अनुगमन गर्नुपर्नेमा जोड दिए ।

खडक नगरपालिकाका प्रमुख हेमायु हकको अध्यक्षतामा आयोजित कार्यक्रम उपप्रमुख यास्मिन सुल्तान खातुन, सेभ द चिल्ड्रेनका बरिस्ठ कार्यक्रम अधिकृत खिलानाथ निरौला, नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष दिनेश कुमार यादब, सबल नेपालका दिपक कुमार झा, आधारभुत बिधालय खर्चुईयाका प्रधानाध्यापक दिनेश कुमार मण्डल, समाजबादी पार्टीका नगर अध्यक्ष बिनोद चौधरी, वडा नम्बर ८ का वडा अध्यक्ष महमद ईसराईल लगायतकाले शुभकामना मनतब्य व्यक्त गरे ।

खडक नगरपालिका वडा नम्बर ६ का अध्यक्ष भगवती प्रसाद चौधरीले संचालन गरेको कार्यक्रममा स्वागत नगरका प्रमुख प्रासाशकिय अधिकृत उप सचीव ईन्द्र देव यादवले गरे भने घोषणा कार्यक्रमको प्रतिबेदन शिक्षा शाखा प्रमुख रामचन्द्र पौडेलले गरे ।

कार्यक्रममा बिधालय भर्ना घोषणालाई सहयोग गर्ने जनप्रतिनिधि , कर्मचारी र अभियान्ता गरि २ दर्जन ब्याक्तीलाई मन्त्री साहले प्रसंशा पत्र प्रदान गरे । सोही कार्यक्रममा मन्त्री साहले खडक नगरपालिकाका १४ बिधालयका कक्षा ८ मा अध्यानरत ३ सय ८२ जना छात्रालाई साईकल बितरण समेत गरेका छ्न ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com