खडक नगरपालिका शत प्रतिशत बालबालिका विद्यालय भर्ना घोषणा हुने

बृजमान तामाङ

बिरेन्द्र बजार , २४ भदौ । सप्तरीको खडक नगरपालिकालाई शतप्रतिशत बालबालिका बिधालय भर्ना घोषणा गर्ने भएको छ ।

नगरपालिकाको ५ देखि माथी र १२ बर्ष मुनिका सबै बालबालिका विद्यालयमा भर्ना भएकोले भदौ २९ गते शतप्रतिशत बिधालय भर्ना नगरपालिका घोषणा गर्न लागेको हो ।

नगरका कुनैपनि बालबालिका बिधालयको पहुँचबाट बन्चित हुन नपरोस भनेर सेफ द चिल्ड्रेनको सहयोगमा सबल नेपाल र नगरपालिकाको संयुक्त आयोजनामा अभियान संचालन गरि सफलता हासिल भएको नगर प्रमुख हेमायु हकले जानकारी दिए ।

नगरपालिका भित्र शत प्रतिशत बाललालिका बिधालय भर्ना भए- नभएको भनी दुई दिनको स्थलगत अनुगमन पछि भदौ २९ गते घोषणा कार्यक्रम राखेको उनले जानकारी गराए ।

शत प्रतिशत बालबालिका बिधालय भर्ना भए नभएको अनुगमन गर्न सोमबार र मंगलबार ३ समुह बनाएर विभिन्न गाउँ र बिधालयमा टोली परिचालन गरेको सबल नेपालका फिल्ड अधिकृत नीर बहादुर आलेले बताए ।

नगर प्रमुख हेमायु हक, उपप्रमुख यासमिन सुल्तान खातुन र प्रमुख प्रशासकिय अधिकृत ईन्द्रदेव यादव को नेतृत्वमा सेफ द चिल्ड्रेनका बरिष्ट कार्यक्रम संयोजक खिलानाथ निरौला, खडक नगरपालिकाका शिक्षा अधिकृत रामचन्द्र पौडेल, जनप्रतिनिधि, शिक्षक महासंघका प्रतिनिधि, सबल नेपालका प्रतिनिधि, पत्रकार महासंघका प्रतिनिधिले अनुगमन गरेको सबल नेपालका सदस्य आशाराम चौधरीले जानकारी दिए ।

अनुगमन टोलिले बिरपुर, बिसनपुर, गरुराहा,अमाहा,कर्मनिया, बनौलीअमरज्वोतिटोल, नन्कर बनौली, बनौली टोल,सिस्वा,कल्याणपुर लगायतका विभिन्न गाउँ तथा बिधालयमा पुगेर शिक्षक र अभिभावकसंग भेटेर बालबालिकाहरु भर्ना बारे जानकारी लिएका थिए ।

गत बर्ष नगरपालिकामा २ सय २९ जना बालबालिका बिधालयमा भर्ना नभएको तत्थ्याङ्क रहेकोमा हाल उनिहरु सबैजना बिधालय जान थालेको सबल नेपालका कार्यक्रम अधिकृत आलेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com