खाना पकाउने ग्यास र हवाई इन्धनको मुल्य २५ रुपैयाँले घट्यो

काठमाडौं– नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले शनिबारबाट लागू हुनेगरी खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घटाएको हो । निगमले प्रतिसिलिन्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो।

निगम प्रवक्ता विरेन्द्र गोइतले प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको जानकारी दिए । अब उपत्यकाका उपभोक्ताले ग्यास प्रतिसिन्डिर एक हजार ३५० रुपैयाँमा पाउने छन् ।

त्यस्तै, निगमले बाह्य उडानतर्फको इन्धनको मूल्य पनि घटाएको छ । निगमले प्रति किलोलिटर ५० अमेरिकी डलरले मूल्य घटाएको छ । अब हवाई इन्धन प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर पर्नेछ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको समयमा जनतालाई राहत दिन ग्यासको मूल्य घटाइने बताएका थिए । डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य भने यथावत राखिएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com