खोटाङको सावाखोलामा डुबेर ३ बर्षीय बालकको मृत्यु

खोटाङ, ३ मंसिर । खोटाङमा खोलामा डुबेर सोमबार ३ बर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खोटाङको खोटेहाङ गाउँपालिका-७ रातामाटाका हिमाल राईको ३ बर्षीय छोरा साहिल राई रहेका छन् ।

सोमवार अपरान्ह साँढे ४ बजेको समयमा खेल्ने क्रममा घर नजिकै रहेको सावाखोलामा डुबेर बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

उक्त स्थानमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि प्राथामिक स्वास्थ्य केन्द्र चिसापानी पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com