खोतरदेवी गुफामा विकास निर्माण कार्यले तिब्रता पाउँने : १५ लाखको लागतमा कामको थालनि

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , माघ २६ गते । सप्तरी जिल्लाको ऐतिहासिक पर्यटकीय स्थलका रुपमा रहेको खोतरदेवी गुफामा विकास निर्माण कार्यले तिब्रता पाउँने भएको छ ।
कञ्चनरुप ११ मा रहेको खोतरदेवी गुफाको आइतवार कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमारको नेतृत्वमा गएको टोलिले अनुगमन निरीक्षण गरी धार्मीक सम्पदाको ऐतिहासिक धरोहरको रुपमा रहेको खोतरदेवी गुफालाई राम्रोसँग विकास गरी नमूना पर्यटकिय स्थल बनाउनु पर्नेमा जोड दिए ।
नगर प्रमुख बसन्त कुमारले राजमार्गदेखि गुफासम्म पुग्नका लागि सडक निमार्ण गरिने , भीमसेन थान , कहिल्यै नसुक्ने अजम्बरी दह र खोतरदेवी गुफाको भौतिक पूर्वाधारको विकास गरी पर्यटकको रोजाइमा पर्ने गरी विकास गरिने बताए ।
यसका लागि १५ लाखको लागतमा कामको थालनि गरिने र केन्द्रबाट पर्यटककिय स्थलको विकासका लागि ६० लाख रकम विनियोजन भएको र सो रकमले लवलि पार्क , खोतरदेवी गुफा , धारापानी पर्यटकीय स्थल लगायतका ठाउँमा लगानि गरी विकास निमार्ण कार्यलाई तिब्रताका साथ अगाडि बढाइने बताए ।
खोतरदेवी गुफामा नमूनाका रुपमा शिवजीको मन्दिर निमार्ण गरी यस ठाउँलाई पर्यटकको रोजाइमा पर्नेगरी विकास गरेर देखाउने ११ नम्बरका वडा अध्यक्ष मोहमद जिवरिलले बताए ।
खोतरदेवीको धार्मीक इतिहासका बारेमा कञ्चनरुप नगरपालिकाका प्रेस सल्लाहकार उत्तम आचार्यले जानकारी गराएका थिए ।
नगर प्रमुख बसन्त कुमारको नेतृत्वमा गएको टोलीमा वडा नम्बर ११ र १२ का वडा अध्यक्षद्वय मो. जिवरिल , देवी बहादुर खत्री , प्रेस सल्लाहकार उत्तम आचार्य लगायत स्थानियहरुको सहभागिता रहेको थियो । http://www.kanchanrup.news

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com