गजल ; हिजो अाज निर्मलाहरु.....

गजल …
हिजो अाज निर्मलाहरु…..
हत्या हिंसा,बलात्कार हिजो अाज बढ्दै गयो, दोषीलाई उम्काउने ,हाम्रो कानुन खाली भयो ।
दिनानुदिन निर्मलाहरु बलात्कृत हुदा पनि, कसैको मन नदुखेकाले अाज कन्चनपुर एक्लो भयो !!!
थिचो,मिचो,अन्यायले,बर्सिएका अाशुहरु, देश लुट्ने माफियाको,प्यास मेट्ने ,जुश भयो !!
दिनानुदिन असुरक्षित हुदै गए चेलिहरु, समानताको भ्रम छर्ने ,केवल एक भाषण भयो !!
५१ दिन हुदा सम्म न्याय दिन नसक्ने, हाम्रो समाज,हाम्रो राष्ट्र किन यति लाचार भयो !!
सन्तोष अाचार्य
विराटनगर-३
मानगढ,पुस्पलाल चोक

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com