गोरपारमा ३२ औँ विश्व एड्स दिवसको अवसरमा एचआइभी नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

उत्सब आचार्य
कञ्चनरुप सप्तरी , १५ मंसिर ।
कञ्चनरुप नगरपालीका स्वास्थ्य शाखा कंचनपुर सप्तरीले आइतवार कञ्चनरुप ११ स्थित गोरपारमा ३२ औँ विश्व एड्स दिवसको अवसरमा एच.आइ.भी. को नियन्त्रणमा समुदायको प्रभावकारी भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमारले मानिस स्वस्थ्य रहे मात्र उसले आफ्नो जिविकोपार्जन राम्ररी गर्न सक्ने हुँदा आहार विहार र खानपीनमा विशेष ध्यान दिई आफू, परिवार र समाजलाई समेत स्वस्थ्य राख्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए ।

नगर उपप्रमुख निरु पोखरेलले एच.आइ.भी. बाट हुन सक्ने संक्रमणलाई न्यूनिकरण गर्न विशेष सर्तकता अपनाउन सबैलाई आग्रह गरिन ।
नगर प्रवक्ता एवम् वडा नं. ८ का वडा अध्यक्ष राजकुमार साह , धर्मेश्वर हस्पिटल कञ्चनरुप १२ धरमपुरका डा. दिलिप कर्ण , स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव लगायतका वक्ताहरुले एच.आइ.भी. र एड्सको न्यूनिकरण कसरी गर्न सकिन्छ त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए ।
स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत रामसेवक यादवले कार्यक्रमको बारेमा जानकारी गराएका थिए भने स्वास्थ्य शाखाका सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले एच.आइ.भी. , एड्सको बारेमा जानकारी गराएका थिए ।
नगर प्रमुख बसन्त कुमारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com