घरबिहिनका लागि श्रमदान गरेर क्यानेडिन नागरिक स्वदेश फिर्ता

बृजमान तामाङ

बिरेन्द्र बजार, ६ मंसिर । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ स्थित कटाहा भेडियामा घरबिहिनका लागि श्रमदान गरेर क्यानेडियन नागरिक शुक्रबार स्वदेश फिर्ता भएका छ्न ।

गाउँपालिका, हयाबिटेट फर हुम्यानिटी नेपाल र महुली सामुदायिक बिकास केन्द्रको संयुक्त साझेदारीमा ५० परिवार घरबिहिनका लागि बन्दै गरेको एकीकृत बस्तीमा ५ दिन सम्म श्रमदान गरि उनिहरु स्वदेश फिर्ता भएका हुन ।

गत मंसिर १ गते देखि निरन्तर नेपाली श्रमिकसंग काममा सक्रिय रहेका क्यानेडियन नागरिक फिर्ता हुने भएपछि एक समारोहका बिच उनीहरुलाई बिदाई गरेको छ ।

अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादवको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अबिर माला लगाएर भब्यताका साथ बिदाई गरिएको छ ।

घरबिहिनको लागि थोरै श्रमदान गर्न पाएको भन्दै क्यानेडिनहरुले खुशी लागेको बताए । उनीहरुले गरिव, बिपन्न असाहयका लागि एकीकृत बास्तीको योजाना ल्याएको भन्दै गाउँपालिका र साझेदारी संस्थाको प्रशंसा गरे । कार्यक्रमलाई बिस्तार गर्न सुझाव दिदै उनीहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

क्यानेडियनलाई बिदाई गर्दै पालिका अध्यक्ष चौधरीले घरवारविहीनको लागि तन, मन, धन र जनले सहयोग गर्ने बिदेशी नागरिक को योगदान स्मरणीय रहेको बताए । यस अघि सोही स्थानमा १६ जना अमेरिकन नागरिकले एकहप्ता श्रमदान गरि स्वदेश फिर्ता भएको थियो ।

बिदाई समारोहमा जिल्ला समवन्य समिती सप्तरीका निमित्त जिल्ला समवन्य अधिकारी नवराज खड्का, केन्द्रका अध्यक्ष रामलगन मण्डर, साझेदारी संस्थाका पदाधिकारी, जनप्रतिनिधिहरु,संचारकर्मी छ्नौट गरिएका अतिबिपन्न परिवारका सदस्यहरुको उपस्थित रहेको महुली सामुदायिक बिकास केन्द्र बक्धुवाका कार्यक्रम संयोजक लिला प्रसाद निरौलाले जानकारी दिए ।

अति बिपन्न समुदायको लागि बन्दै गरेको ५० वटा घर बिपद प्रतिरोधात्मक, सुरक्षित र सुबिधा सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।

सो आवास बैशाख मसान्तसम्म समुदायलाई हस्तान्तरण गरिने साथै गाउँपालिकाको छ वटै वडामा १० वटाको दरले आवास बनाई घरवारविहीनलाई प्रदान गरिने महुली सामुदायिक बिकास केन्द्रका कार्यकारी सचिब प्रभु नारायण चौधरीले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com