घर–घरमा ग्याँस दिन्छु भन्दै करोडौं रुपैयाँ ठगेर महिला फरार

घर–घरमा ग्याँस जडान गरिदिने भन्दै दुई जिल्लाबाट लाखौ रुपैयाँ ठगी गरी एक महिला फरार भएको बताइएको छ ।

प्रदेश नं. २ को सर्लाही र रौतहटबाट सयौं घर परिवारलाई ठगी गरी महिला लाखौं रुपैयाँ ठगी गरी फरार भएपछि गाउँमा खैलाबैला मच्चिएको छ । नेपाल लाईफ सेटल च्यारिटि ट्रस्टको नाममा एक महिलाले लाखौ रुपैयाँ उठाएर भागेकी रहस्य खुलेको छ ।

आफू ट्रस्टकी कर्मचारी रहेको भन्दै राजरानी कुमारी कुशवाहा नामक महिलाले रौतहट र सर्लाही जिल्लाको विभिन्न ठाउँबाट लाखौ रुपैयाँ उठाएर भागेकी हुन् । कुशवाहाले ३५०० रुपैयाँमा घर–घरमा ग्याँस ल्याइदिने भन्दै विभिन्न प्रतिनीधि मार्फत प्रति व्यक्ति ३५०० रुपैयाँ उठाएर भागेकी हुन् ।

सो क्रममा फरार कुशवाहाले कुनै गाउँमा एक जनालाई प्रतिनीधि बनाएर उनलाई ५०० रुपैयाँ दिने प्रलोभनमा पारी बाँकी ३००० रुपैयाँ आफूलाई दिएपछि ३००० मै ग्याँस चुल्हो, ग्याँस सिलिन्डर सहित पुरै भान्सा सेट दिने भनेर रकम उठाएर फरार भएपछि खैलाबैला मच्चिएको छ ।

रौतहटको भगवतीपुर हाल गोडैता नगरपालिकामा घर भएकी अन्दाजी ४४ की राज रानी कुशबाहाले सबै रकम ठगी गरी फरार भएकी हुन् । नेपाल लाईफ सेटल च्यारिटी ट्रस्ट चन्द्रपुर नगरपालिका वडा नं. ४ ,रौतहटको आफू अध्यक्ष भएको र विभिन्न गाउँहरुमा गएर रकम उठाएकी थिइन् ।

गाउँ गाउँमा गएर गरिबहरुको लागि आफ्नो ट्रस्ट काम गरिरहेको भन्दै सबैसँग ३५०० रुपैयाँ सहयोग माग्ने गर्थिन् । सहयोगको लागि स्थानीय एक महिलालाई मोहरा बनाएर उनीबाटै रकम सँकलन गर्न लगाउथिन् । ५०० रुपैयाँ प्रतिव्यक्तिबाट सँकलनकर्तालाई दिने प्रलोभनमा पारी सबै रकम लिएर फरार भएको स्थानीय अरुण झाले जानकारी दिनुभयो ।

महिलाहरुलाई आफ्नै ट्रस्टमा काम गरेवापत एक जनाबाट ३५०० लिएपछि उनलाई ५०० रुपैयाँ दिने भनेकी थिईन । यसरी गाउँबाट छानिने महिला प्रतिनीधिले ग्याँस दिलाउने आश्वासनमा घरघरबाट ३५०० रुपैयाँ उठाएर राजरानी कुशवाहालाई दिँदै आएकोमा सबै रकम लिएर फरार भएको हो ।

सर्लाहीबाट मात्रै कुशवाहाले करिब ६० लाख रुपैयाँ ठगी गरेर फरार भएकी हुन् । सर्लाहीको सुखचैनाबाट कर्मचारी भनेर राखिएकी यशोदा सिँहबाट ६ लाख, कुसुमा देवीबाट २ लाख ५० हजार, बरहथवाकी गुलाब ठाकुरबाट ४ लाख, नाडिमनकी लक्ष्मी सिँहबाट १२ लाख, महिनाथपुरकी रागनी झाबाट ४ लाख, बकैनियाकी सुभद्रा महतोबाट ४ तथा श्रीपुरका मेघनाथ ठाकुरबाट २५ लाख रुपैयाँ लिएर फरार भएकी हुन् ।

यस्तै, रौतहटबाट पनि लाखौ रुपैयाँ लिएर उनी फरार भएको बताइएको छ । गाउँघरकी सोझासाझा महिलालाई आफ्नो ट्रस्टमा कर्मचारीमा राखेर प्रलोभनमा पारी सबै रकम सफाचट्ट गरी फरार भएकी हुन् । रकम लिएर फरार भएपछि स्थानीय प्रहरीमा पीडितहरुले उजुरी दिएको थियो ।

सोही उजुरी परेपछि त्यही घटनालाई मिलाउने क्रममा केही महिनापूर्व सर्लाहीका ईन्स्पेक्टर राम किशोर साह निलम्बनमा पर्न पुगे । रौतहटबाट पनि ईलाका प्रहरी कार्यालय चन्द्रपुरमा फरार रहेकी कुशवाहा उपर उजुरी परेको हो । उनी रकम लिएर फरार भएको भनेर केही महिना पूर्व विभिन्न सँचारमाध्यहरुले पनि समाचार प्रकाशन प्रकाशित गरेको थियो । तर अहिलेसम्म प्रहरी प्रशासनले कुनै कदम चाल्न सकेको छैनन् ।

यता, गाउँ गाउँबाट रकम उठाएकी महिला प्रतिनीधिसँग रकम दिनेहरुले रकम फिर्ताको माग गरेका छन् । उनीहरुले की त ग्याँस दिनुपर्ने नत्र रकम फिर्ता गर्नुपर्ने माग गरेको हो । यसअघि कुशवाहाले केही जनालाई ग्याँस वितरण गरेर विश्वास जितेर रकम उठाउने गर्थिन् । #Newsbureau

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com