घेदुङ प्रदेश नम्वर २ को अधिबेशन मंसिरमा

वृजमान तामाङ

 विरेन्द्र बजार, १२ असोज । नेपाल तामाङ घेदुङ प्रदेश नम्बर २ को प्रथम अधिबेशन आगामी मंसिर २१ र २२ गते गर्ने भएको छ ।

महोत्तरीको बर्दियामा शनिबार नेपाल तामाङ घेदुङ प्रदेश नम्बर २ को बृहत बैठकले प्रदेश अधिबेशनको तिथि तय गरेको हो ।

बैठकले प्रदेश अधिबेशन भन्दा अगावै कार्तिक मशान्त भित्र पालिका र जिल्ला भेला सक्ने निर्णय समेत गरेका छन । भेलालाई भब्य बनाउन विभिन्न समितिहरु समेत गठन गरिएको छ । महोत्तरीको बर्दिवासमा हुने अधिबेशन तयारीका लागि डेनोक मोक्तानको संयोजकत्वमा आर्थिक ब्याबस्थापन समिती, कमला वाईवाको संयोजकत्वमा मंच तथा मेष ब्याबस्थापन, बृजमान तामाङको संयोजकत्वमा सूचना तथा प्रचारप्रसार समिति, यमलाल गोलेको संयोजकत्वमा अतिथि सत्कार समिती र राम बहादुर घ्लानको संयोजकत्वमा कलाकार ब्याबस्थापन समिती गठन गरेका छ्न ।

अधिबेशनमा विभिन्न पालिका र ८ जिल्लाबाट १ सय ७५ जना प्रतिनिधि रहने नेपाल तामाङ घेदुङ प्रदेश नम्बर २ का अध्यक्ष डेनोक मोक्तानले जनाएको छ । बैठकद्वारा प्रतिनिधि शुल्क एक हजार तोकिएको छ । प्रतिनिधि शुल्क विधि मिचेर अब्याबाहरिक तोकिएको भन्दै सचिवालय सदस्य वृजमान तामाङले असहमति जनाउदै नोट अफ डिसेन्ट लेखेका छ्न । तामाङले प्रतिनिधि शुल्क ५ सय राख्न प्रस्ताव गरेका थिए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com