चार दिन देखि हराएको महिला जण्डोलमा मृत अबस्थामा फेला

बृजमान तामाङ

बिरेन्द्र बजार, १६ कार्तिक । सप्तरीको अग्निसाईर कृष्णासवरन १ स्थित जण्डोलमा शनिबार एक महिला मृत अबस्थामा फेला परेकी छिन ।

चार दिन देखि हराएकी स्थानीय मुस्लिम टोलका अन्दाजी ३६ बर्षकी बुलु खातुन मृत अबस्थामा भेटिएकी हुन । गत १२ गते १२ बजे तिर घास काट्नु भनी घरबाट निस्किएकी खातुन राती अबेर सम्म घर नफर्के पछि खोजतलास गरिएको मृतक पति ईनुस मियाले बताए ।

जङ्गल र आफान्तको तिर खोजी गर्दा कतै पत्ता लाग्न नसके पछि भोलिपल्ट प्रहरीमा खबर गरेको उनले जानकारी दिए ।

खोजिगर्ने क्रममा राजमार्ग देखि उत्तर तर्फ महुली खोलाको हेडड्याम देखि पश्चिम् कुलोमा मृत फेला परेको मियाले बताए । लासको प्रकृति हेर्दा चार दिन अगाबै उनको मृत्यु भएको अनुमान गर्न सकिन्छ । लास दुर्गन्धित गलेको अबस्थामामा रहेको छ । घटना स्थलमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी प्रमुख डिएसपी मकेन्द्र कुमार मिश्रको नेतृत्वमा रहेको प्रहरी टोलिले अनुसान्धन गरिरहेको छ ।

प्रदेश प्रहरीबाट तालीम प्राप्त कुकुर झिकाएर अनुसन्धन शुरु गरेको तथा शब परिक्षणका लागि बिपि कोईराला स्वास्थ्य बिज्ञन प्रतिष्ठान धरान पठाएको डिएसपी मिश्रले जानकारी दिए । घटना बारे थप कुरा अनुसान्धन पछि मात्र भन्न सकिने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com