चोरी गरी फरार मानिस फिदिमबाट पक्राउ

बेल्टार उदयपुर , ९ असोज । जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ पानीट्याङकी बस्ने खड्ग बहादुर सुन्चौरीको घरमा काम गर्नको लागि बसेको जिल्ला महोत्तरी बर्दीबास बर्ष २७ को प्रकाश श्रेष्ठ नाम बताउने जिल्ला तेह्रथुम आठराई गाउँ पालिका  वडा नं ३ छातेढुङगा बस्ने चन्द्र प्रकाश मैनालीले घरको तल्लो तलाको कोठामा रहेको दराजको ताला खोली दराज भित्र रहेको रु ५,५०,०००।-(पाँच लाख पचास हजार) चोरी गरी फरार भएको भन्ने खबर निज खड्ग बहादुर सुन्चौरीले मौखिक उजुरी ईलाका प्रहरी कार्यालय बेल्टार कार्यालमा गर्न साथ ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली खटीगई आबश्यक अनुसन्धान तथा चोरी गर्ने ब्यक्तिको खोज तलासको  क्रममा निजले प्रयोग गरेको मोबाईल नम्बरको लोकेसनबाट जिल्ला पाचथर स्थित फिदिम बजारमा ६ गते मंगलबार फेला पारी पारेको थियो ।

उसको साथबाट नगद रु ७०,०००( सत्तरी हजार) ,एक थान मोबाइल सेट, चाँदिको सिक्रि, ब्रासलेट समेत बरामद गरी सम्मानित अदालतबाट म्याद लिई अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com