चौडण्डीगढी न.पा. वेल्टार वन्यो छैठौं मुरारी स्मृति पच शील्ड फुटवल प्रतियोगिताको विजेता

बोधराज सुवेदी

महुली, १५ कार्तिक । अग्नीसाईर कृष्णासवरन गाउँ पालिकाको वार्ड नं. ६ महुलीमा आयोजित छैठौं मुरारी स्मृति पच शील्ड फुटवल प्रतियोगिताको विहिवार सम्पन्न फाइनल खेलमा चौडण्डीगढी न.पा. वार्ड नं. ८ वेल्टार फुटवल टिम विजयी भएको छ।

खेलकुद उथ्थान समिति महुलीको आयोजनामा वार्ड नं. ६ स्थित फारम भुजेल टोलको खेल मैदानमा सञ्चालित सो खेलमा विपक्षी सृजनशिल युवा ल्कव धरानलाई १ का विरुद्ध ४ गोलले पछि पार्दै वेल्टारले सो उपाधि हात पारेको हो।

प्रतियोगिताको विजेता टिमले प्रथम ट्रफी सहित नगद रु.२५ हजार र उपविजेता टिमले द्धितिय ट्रफी सहित नगद रु. १५ हजार प्राप्त गरेका छन्।

त्यसैगरी महुली फुटवल टिमका दिल कुमार मगरले उदयमान खेलाडीको प्रमाण पत्र र ट्रफी प्राप्त गरे भने चौडण्डीगडी टिमका प्रेम तिम्सिनाले प्रतियोगिताको म्यान अफ दी म्याच घोषित हुँदै प्रमाण पत्र र म्याच ट्रफी हात पारे ।

समापन समारोहमा प्रमुख अतिथि गाउँ पालिकाका अध्यक्ष पर्शुुराम चौधरी र विशिष्ट अतिथि उपाध्यक्ष मिना चौधरीले क्रमशः विजेता तथा उपविजेता टिमलाई प्रमाण पत्र, मेडल, ट्रफी र नगद पुरस्कार प्रदान गरे । कार्यक्रममा उक्त खेलकुद प्रतियोगिता सञ्चालनमा योगदान पुर्याउनु हुने विभिन्न महानुभावहरुलाई सम्मान पत्र प्रदान गरियो ।

खेलको पहिलो हाफसम्म एक शुन्यले अगाडी रहेको चौडण्डी टिमले दोश्रो हाफमा तीन गोल थपेको थियो। खेल शुरु भएको पाँच मिनेटमा चौडण्डीका प्रेम तिम्सिनाले पहिलो गोल गरी टिमलाई अग्रता दिलाए भने दोश्रो हाफको १२औं मिनेटमा दोश्रो र ३७ औं मिनेटमा थप अर्को गोल गरी ह्रयाट्रिक गरेका थिए। त्यसैगरी दोश्रो हाफकै २५ औं मिनेटमा सोही टिमका विशाल राईले एक गोलको योगदान दिएर टिमलाई महत्वपूर्ण चार गोलको योगफल तयार गरेका थिए भने सृजनशिल युवा ल्कव धरानका आमोद माझीले दोश्रो हाफको १७ औं मिनेटमा एक गोल गर्दै टिमलाई लयमा फर्काउने प्रयास गरेपनि सफल हुन नसक्दा अन्तिम समयमा टिम चार एकले स्तब्ध हुन पुग्यो ।

आयोजक समितिका अध्यक्ष आर्यन भुजेलको अध्यक्षता आयोजित उक्त समापन समारोहमा गाउँ पालिका अध्यक्ष पर्शुुराम चौधरी, उपाध्यक्ष मिना चौधरी ,स्व. मुरारी घिमिरेका पिता मोहन घिमिरे लगायतका अतिथिहरुले खेलको महत्वको वारेमा चर्चा गरे । आयोजक समितिका सचिव सरोज मगरले सञ्चालन गरेको कार्यक्रममा वडा नं. ६ की अध्यक्ष कुसुम आचार्यले स्वागत मनतब्य ब्यक्त गरेकी थिइन्।

सप्तरीका उदयमान फुटवल खेलाडी स्व. मुरारी घिमिरेको स्मृतिमा दशैं, तिहार र छठ पर्वको अवशर पारेर विगत ६ वर्षदेखि सञ्चालन भइरहेको सो प्रतियोगितामा सप्तरी, उदयपुर र सुनसरी जिल्लाका विभिन्न आठवटा टिमहरुले भाग लिएका थिए।

साविकको वकधुवा गा.वि.स. वार्ड नं.९ हाल अग्नीसाईर कृष्णासवरन गा.पा. वार्ड नं. ६ महुली घर भएका स्व. घिमिरेको घरमै करेन्टलागेर निधन भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com