चौथो दिन चलेको शिविरमा १६ जना पोजेटिभ सङ्कास्पद क्यान्सर फेला परेको र ७ जनाको पाठेघर बाहिर निस्किएको

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , २० जेठ ।

“स्वास्थ्य नगरपालिका समृद्ध नगरपालिका” भन्ने नाराका साथ कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कंचनपुर सप्तरीको आयोजनामा स्वास्थ्य चौकी ( बर्थिङ्ग सेन्टर ) कञ्चनरूप ५ पिप्रा पूर्व मा सोमबार चौथो दिन चलेको आङ खस्ने रोग तथा पाठेघर मुखको क्यान्सर जाँच शिविरमा ८८ जना बिरामीले जाँच गराए ।

जस् मध्ये ५६ जनाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएकोमा १६ जना पोजेटिभ सङ्कास्पद क्यान्सर फेला परेको र ७ जनाको पाठेघर बाहिर निस्किएको पाइएको स्वास्थ्य शाखा संयोजक डम्बर प्रसाद गुप्ताले बताए ।

सो शिविरमा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजका वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. ब्रजेश कुमार झा , नर्सिङ अधिकृत लक्ष्मी चौधरी , प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरका प्रमुख डा. संजिव कुमार झा , स्टाफ नर्स कविता गुप्ता लगायत अन्य नर्सिङ तथा प्राविधिक स्टाफहरुद्वारा बिरामीको जाँच गरिएको स्वास्थ्य शाखाका सह- संयोजक आनन्द प्रसाद गुप्ताले बताए ।

शिविरमा नगर प्रमुख बसन्त कुमार , उपप्रमुख निरु पोखरेल , प्रवक्ता राजकुमार साह , प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्र , लेखापाल उमेश ढकाल , सल्लाहकार खिलानाथ पोखरेल , प्रेस सल्लाहकार उत्तम आचार्य लगायतका व्यक्तिहरूले शिविरको अनुगमन निरीक्षण समेत गरेका थिए ।

मंगलबार प्राथमिक स्वास्थ्य केन्द्र  ( बर्थिङ सेन्टर ) कञ्चनरुप ८  कंचनपुरमा  शिविर संचालन हुने स्वास्थ्य शाखा सह- संयोजक सुरेन्द्र प्रसाद यादवले बताए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com