चौधरीको निधन प्रति कोईरालाद्वारा दुख व्यक्त

बृजमान तामाङ

विरेन्द्र वजार, २७ पुस ।

नेपाली कंग्रेसका नेता डा. शेखर कोईरालाले कंग्रेस नेता स्वार्गिय विशेश्वर प्रसाद चौधरीको निधन प्रति दुख व्यक्त गरेका छन ।

नेपाली कंग्रेसका केन्द्रिय सदस्य डा कोईराला शुक्रवार स्वर्गीय चौधरी निवास सितापुरमा पुगी श्रदाञ्जली अर्पण गर्दै सो दुख व्यक्त गरेका हुन । स्वर्गिय चौधरी सप्तरी जिल्लाकै पार्टीको खम्वा रहेको वताउदै कोईरालाले उनको निधनले स्तव्ध वनाएको वताए ।

कोईरालाले चौधरीको निधनप्रति गहिरो दुख व्यक्त गर्दै परिवारजनलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । 

सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर २ स्थीत चौधरी निवासमा आयोजित श्रदाञ्जली कार्यक्रममा नेपाली कंग्रेस सप्तरीका जिल्ला सचिव राम कुमार यादव, जिल्ला सदस्य रामदेव साह, भुवन आचार्य, सप्तरी क्षेत्र नम्वर ३ का क्षेत्रिय सभापती वद्री माहात्मा, नेता रघु कुमार सिंह थारु, अग्नीसाईर कृष्णा सवरन गाउँपालिकाका अध्यक्ष परर्शुराम चौधरी, उपाध्यक्ष मिना चौधरी, वडा नम्वर १ का वडा अध्यक्ष शुशिल कुमार चौधरी, सङ्घीय समाजवादी फोरम नेपाल सप्तरीका सह सचिव वृजमान तामाङ, अग्नीसाई कृष्णा सवरन २ का वडा अध्यक्ष ईश्वरलाल चौधरी लगायतकाले चौधरीको तस्वीरमा अविर र माल्यअर्पण गरी श्रदाञ्जली दिए ।

नेपाली कंग्रेस सप्तरीका जिल्ला सदस्य चौधरीको गत पुस २५ गते ५५ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो । लामो समय देखी नेपाली कंग्रेसको विभिन्न जिम्मेवारीमा रहेर राजनीती क्षेत्रमा क्रियाशिल रहेका स्वर्गीय चौधरीको ३ भाई छोरा, १ छोरी र श्रीमती रहेका छन ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com