छोटो दूरीमा सार्वजनिक यातायात खोल्न दिने सरकारको निर्णय, भाडा ५० प्रतिशत बढ्यो

काठमाडौं : अब सुरक्षा सावधानी अपनाएर सार्वजनिक यातायात चलाउन पाइने भएको छ ।

बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताए ।

मन्त्रिपरिषदको बैठकले जिल्लाभित्र मात्रै सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको हो ।

यात्रु सिट क्षमताको ५० प्रतिशतमात्र राख्न पाइने गरी सार्वजनिक यातायात सञ्चालन गर्ने दिने निर्णय सरकारले गरेको हो ।

एक जिल्लाबाट अर्को जिल्ला भने चलाउन पाइने छैन । उपत्यकाका तीन जिल्लालाई भने एउटै जिल्ला मानेर सञ्चालनको अनुमति दिइने छ । यसैबीच यात्रुले  अब सार्वजननिक सवारीमा चढ्दा हालको भाडाको आधा थप ५० प्रतिशत पैसा तिनुपर्नेछ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com