छोरीलाई शिक्षामा आकर्षित गर्न प्रदेश सरकारको साईकल बितरण अभियान सहयोगि भएको : नेता यादव

वृजमान तामाङ

बिरेन्द्र बजार, ८ असोज । समाजबादी पार्टी मधेस प्रदेश समितिका सचिब दिनेश कुमार यादवले महिला सचेत नभएसम्म देशको समृद्धि हुन नसक्ने बताएका छन ।

सप्तरीको कंचनरुप ३ स्थित राष्ट्रिय माध्यमिक बिधालय बनरैतटोलका छात्राहरूलाई साईकल बितरण गर्दै उनले यस्तो बताएका हुन ।

छोरीलाई शिक्षामा आकर्षित गर्न प्रदेश सरकारको साईकल बितरण अभियान सहयोगि भएको भन्दै यादवले प्रदेश सरकारको प्रशंसा गरे । समाजमा छोरीलाई हेर्ने दृष्टिकोणमा सुधार नआएसम्म महिलाको शिक्षामा पहुच हुन नसक्ने बताउदै प्रमुख अतिथि यादवले समाजमा छोरीलाई हेर्ने सोचमा परिवर्तन ल्याउनुपर्नेहरूमा जोड दिए ।

आमा शिक्षित नभए सम्म छोराछोरी शिक्षित हुदैन । समाजमा शिक्षाको गति अगाडि बढाउन सकिदैन उनले भने, देशको बिकास र समृद्धिका निम्ति महिलाको शिक्षामा पहुँच जरुरी छ ।

कंचनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रले साईकलको दुरुपयोग नगर्न छात्राहरूलाई अग्रह गरे । बेटि पढाउ बेटि बचाउ अभियानले छोरी प्रती समाजमा हुने हिंसा र भेदभाव न्युनिकरण हुने प्रष्ट्याउदै प्रदेश सरकारको अभियानमा नगरको पुर्ण साथ सहयोग रहेने प्रतिबद्धता ब्याक्त गरे ।

नगर प्रमुख बसन्त कुमार

बिधालय ब्याबस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा बेटि पढाउ बेटि बचाउ अभियानका सप्तरी संयोजक दिल कुमारी चौधरी, समाबादी शिक्षक संघ सप्तरीका अध्यक्ष श्याम देव यादव, राप्रपा नगर संयोजक रामदेव मण्डल लगायतकाले मनतब्य ब्याक्त गरे ।

शिक्षक रामदेव यादवद्वारा संचालित कार्यक्रममा स्वागत बिधालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद यादवले गरे । कार्यक्रममा प्रमुख अतिथि यादव, बिशिस्ट अतिथी नगर प्रमुख मिश्रले कक्षा ८ मा अध्यानरत ३१ जना छात्रालाई संयुक्त रुपमा साईकल हस्तान्तरण गरे ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com