छ्पकीमा श्री महालक्ष्मी दूध सहकारी संस्था संचालन

बृजमान तामाङ

बिरेन्द्र बजार , २ असोज- सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ स्थित छ्पकी टोलमा बिहीबार श्री महालक्ष्मी दूध सहकारी संस्था लिमिटेड संचालनमा आएको छ ।

सहकारीद्वारा छ्पकी टोलमा आयोजित एक समारोहका बीच अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले सहकारी संस्थाको उद्वघाटन गरेको हो ।

सहकारी संस्थाको उद्वघाटन गर्दै अध्यक्ष चौधरीले कृषकलाई लक्षित गरि शुरु गरेको सहकारी संस्थाले गाउँपालिकाको बिकास र संमृद्विमा टेवा पुग्ने बिश्वास व्यक्त गरे । निर्बाहामुखी पशुपालनले किसानको दिनचर्यामा परिवर्तन आउन नसक्ने बताउदै प्रमुख अतिथी चौधरीले ब्याबसयिक र उत्पादनशिल क्षेत्रमा लगानी गर्न सुझाव दिए ।

युवाहरूको सक्रियतामा रोजगारमुखी योजना सहित सहकारी संचालन गरेकोमा प्रसंशा गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाद्वारा प्राथमिकताको साथ सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष श्रीप्रसाद यादवले वडामा सहकारी संस्था संचालनमा ल्याएकोमा खुशी व्यक्त गर्दै सहकारी संचालनमा आबश्यक उपकरण सहित सबै प्रकारले सहयोग गर्न तत्पर रहेको बताए ।

सहकारी संस्थाका अध्यक्ष देवकान्त मेहताको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार बृजमान तामाङ, समाजसेवी युगेश्वर प्रसाद यादव, शिक्षक देवराम यादव, आदर्श कृषक समुहका अध्यक्ष चन्द्र नारायण मेहता, ईदृस मिया लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्दै गाउँमै दूध संकलन गरेर पाशुपालक किसानहरुलाई दूध बेच्न सहज भएको बताए ।

शेयर सदस्य मनोज कुमार यादवद्वारा संचालित कार्यक्रममा स्वागत राम नारायण यादवले गरे । कार्यक्रममा पहिलो चरणमा दूध दिने २ दर्जन कृषकलाई गम्छा र माला लगाएर अध्यक्ष चौधरीले सम्मान समेत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com