जंगली जनावरका कारण नहरबाट सिंचाइ सुविधा सम्पन्न क्षेत्रमा किसान अन्नबाली लगाउने कामबाट पछि हट्न बाध्य : मण्डल

राजविराज, २२ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य सत्यनारायण मण्डलले नहरबाट सिंचाइ सुविधा सम्पन्न क्षेत्रमा किसान अन्नबाली लगाउने कामबाट पछि हट्न बाध्य भएको बताएका छन् ।

चन्द्र नहर सिंचाइ प्रणाली जल उपभोक्ता संस्था बरमझिया कंचनपुरको मंगलबार वार्षिक साधारण सभालाई उद्घाटन गर्दै उनले सबभन्दा पुरानो सिंचाइ प्रणाली चन्द्र नहरबाट सिंचाइ सुविधा रहेपनि जङ्गली हात्ती आतकंले अन्नबाली लगाउन किसानले छोडेको बताए ।

जिल्लाको अन्न उत्पादनको महत्वपूर्ण क्षेत्र मानिएको चन्द्र नहर अन्तर्गत सिंचाइ हुने सयौं विघा बाँझै रहेको उनले बताए । जङ्गली हात्तीको आतंकले खेत खाली छोडेको र जंगली जनावरकै कारण बाली लगाउन नचाहेको उनको भनाई छ ।

संस्थाका अध्यक्ष बद्री महत्मान यादवको अध्यक्षतामा आयोजित साधारण सभामा प्रदेश २ का नेकपा संसदीय दलका नेता समेत रहेका मण्डलले चन्द्र नहरको मर्मत संभार र स्तरोन्नती गर्नुपर्ने अति आवश्यक भएको बताए । उनले राष्ट्रिय आयोजना आयोगबाट बजेट बिनियोजन गरी यस वर्ष बिस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गर्न लागेको जानकारी दिए ।

सोही कार्यक्रममा कञ्चनरुप नगरपालिका प्रमुख बसन्त मिश्रले किसानको श्रमलाई मान सम्मान नपाएकै कारण हात्तीले मच्चाउँदै आएको आंतक नियन्त्रण तर्फ सम्बद्ध निकाय गम्भिर नभएको बताए । किसानको समस्याको पहिचान गरी समस्या समाधानको उपायको खोजी गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा कञ्चनरुप नगरपालिकाका उप–प्रमुख निरु पोखरेल, संस्थाका उपाध्यक्ष रामदेव साह, साविक बैरबा गाविसका पूर्व अध्यक्ष भरतराज शर्मा, कमलपुरका पूर्व अध्यक्ष रामनारायण यादव, रुपनगरका पूर्व अध्यक्ष भूवनेश्वर यादव, संस्थाका सचिव विष्णेदेव यादव लगायतले चन्द्र नहरबाट पूर्ण सिचाइ सुविधाका लागि मर्मत सम्भार अति नै आवश्यक रहेको बताए । #Greenmadhesh

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com