जंगली जनावरको आतंकलाई न्यूनीकरण गर्न ठोस रुपमा अगाडि बढ्न सम्बन्धि निकायबीच अन्तरक्रिया

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , २९ कार्तिक ।

प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक श्रोत साधन समितिले कञ्चनरुप नगरपालिकाको सभाहलमा हात्ती तथा जंगली जनावरले पुर्‍याएको जिउधन र अन्नबालिको क्षतिका बारेमा बुझ्नका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रममा बोल्दै समितिका सभापति माननिय सांसद पूर्ण कुमारी सुवेदीले कञ्चनरूप नगरपालिकामा मात्रै ९ जनाको मृत्यु हुनु र ठूलो मात्रामा अन्नबालि धनमाल नोक्सान पुर्‍याएकोमा दुख प्रकट गर्दै हात्ती तथा जंगली जनावरको आतंकलाई न्यूनिकरण गर्ने कामको शुरुवात आजैबाट भएको र दीर्घकालीन रुपमा कोशी टप्पु वन्यजन्तु आरक्षलाई घेरवार गरी जंगली जनावरलाई वस्तिमा पस्न नदिने उपायका विज्ञसँग सल्लाह गरी कामलाई अगाडि बढाउने बताइन् ।

यस क्षेत्र प्राकृति श्रोत साधनको धनि भएको हुदा आन्तरिक र वाह्य पर्यटक भित्र्याउने ठूलो सम्भावना रहेकाले प्राकृति संरचनाको विकासमा सबै एकजुट भई रोजगारीको अवसर सृजना गर्नुपर्नेमा जोड दिइन् ।

समितिका सदस्य माननीय सांसद घनश्याम खतिवडाले कानुनी प्राकृति र व्यवस्थापिकासंसदको समस्याले गर्दा जंगली जनावरको नियन्त्रणका लागि चुनौती उत्पन्न भएकोले कानुनलाई संसोधन गरेर भएपनि जनताको जिउधनको रक्षा गर्नुपर्नेमा जोड दिए । जनावरलाई क्षति नपुग्ने र मानवलाई पनि क्षति नहुने गरी दीर्घकालीन रुपमा ठोस निति बनाई जंगली जनावरको आतंकलाई नियन्त्रण गर्न आफू लागि पर्ने बताए ।

प्रतिनिधि सभाका सांसद डा. सूर्यनारायण यादवले जंगली जनावरले जनतामा ठूलो वितण्डा मच्चाइ जिउधनको क्षति पुर्‍याएकोले यसको न्यूनीकरण गर्न छेकबारका लागि संसदीय कोषको ६ करोड रकम छुट्याइएको बताए ।

प्रतिनिधि सभाकी सांसद सरिता गिरी यादवले जंगली जनावरबाट सबै पीडित रहेको अवस्था छ यो समस्यालाई जति चाडो समाधान गर्नुपर्नेमा जोड दिइन् ।

जनताभन्दा एक इन्च पनि आफू ठूलो नहुने र जनताको दुखमा मलम लगाउनु आफ्नु प्रमुख दायित्व रहेको बताउदै अब खोक्रो भाषणले केही नहुने भएकाले उपलब्धि मुलक काम हुनुपर्नेमा जोड दिइन् ।

प्रदेश नम्बर १ र प्रदेश नम्बर २ बाट थप रकम विनियोजन गराई चाडो भन्दा चाडो विज्ञको सल्लाह अनुसार समस्यालाई समाधान गर्नुपर्ने बताइन् ।

प्रदेश नम्बर २ का सांसद एवं प्रमुख प्रतिपक्षी दलका नेता सत्यनारायण मण्डलले अहिलेसम्म धेरै समितिहरु बने तर समस्याले निकास नपाएकोमा दुख व्यक्त गर्दै यो समितिले पिडामा रहेका जनताहरुको पिर मर्कालाई बुझी कार्यनयन गर्न पाइला चालोस भन्दै सप्तकोसी नगरपालिका देखि हनुमाननगर कंकालिनी नगरपालिकासम्म जंगली जनावर नियन्त्रण गर्न १४ कि.मि . लम्बाइ रहेको बहुवार्षिय योजनामा ४६ करोड रकम विनियोजन भई स्वीकृत समेत भइसकेको जानकारी गराए ।

कोशी टप्पु वन्यजन्तु आरक्षका वार्डेन रामदेव चौधरी , मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र कुमार यादव , पूर्व अध्यक्ष रेणु साह लगायत वक्ताहरूले जंगली जनावरको आतंकलाई न्यूनीकरण गर्न आरक्षको सिमाङ्कन गरी सो क्षेत्रभित्र रहेका बासिन्दाहरुको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।

जंगली जनावरको अन्तरक्रियामा कंचनरुप नगरपालिकाका १ देखि १२ वटै वडाका वडा अध्यक्षहरु , कार्यपालिकाका सदस्यहरु , कार्यलयका प्रमुखहरु , राजनैतिक दलका प्रतिनिधिहरु , उद्योग वाणिज्य संघ , ब्यापार संघ , सप्तकोसी नगरपालिकाका प्रतिनिधि हरु ,तिरहुत गाउँ पालिकाका प्रतिनिधिहरु , संचारकर्मिहरु ,पीडित परिवारका सदस्यहरुको सहभागिता रहेको थियो भने पीडित हरुले जंगली जनावर बाट भोग्नु परेको समस्याका बारेमा जानकारी गराएका थिए भने आरक्ष भित्रका अबैध जनावरहरु बाहिर निकालेमा जंगली जनावरको आतंक आधा न्यूनीकरण भएर जाने बक्ताहरुले बताएका छन् ।

कार्यक्रमको उदेश्यका बारेमा प्रतिनिधि सभा सचिवालयका उपसचिव संजय दाहालले जानकारी गराएका थिए भने स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले गरेका थिए ।

कार्यक्रम संचालन प्रेस सल्लाहकार उत्तम आचार्यले गरेका थिए भने नगर प्रमुख बसन्त कुमारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com