जंगली हात्तीले मोतिलाल बिकको घर पूर्णरुपमा क्षतिग्रस्त बनाउँदा लाखौंको क्षति

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , जेष्ठ ४ गते । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ महुली मोहनपुरमा शनिबार राती जंगली हात्तीले घरमा तोडफोड गर्दा लाखौंको क्षति गरेको छ ।
रातको ११ बजेको समयमा आएको तीन वटा जंगली हात्तीको समूहले स्थानीय मोतिलाल  बिकको घर पूर्णरुपमा क्षतिग्रस्त बनाइ घर भित्र रहेको अन्न समेत खाएर लाखौंको क्षति गरेको स्थानीयले बताएका छ्न ।

लकडाउनको समयमा के खाउ के लाउ भन्ने बेलामा जंगली हात्तीले भएको अन्न समेत खादा एक गरीब त्यसमा पनि अशाय बृद्ध दलितको बिजोग बनाइ दिएको छ ।
हात्तीले घर सहित अन्य सामाग्रीमा गरि १ लाख बढीको क्षति गरेको स्थानीयले बताएका छ्न ।
अब हात्तीले पूर्णरुपमा क्षति भएको घर बनाइदिने आफ्ना न त छोरा छन नआफूसँग छोरी छन ,श्रीमतीको पनी मृत्यु भएको पनि करीब ४ बर्ष जती भइसको छ ,एकलै बुढो मानीस बसेर दुखले जिबीकोपार्जन गर्ने घर नै नहुदा अबकादिन झन कस्टकर हुने पिडित मोतिलाल बताउँछन्।
राज्यले यसरी रातदिन जंगली हात्तीले मानीसलाई आतंकीत पार्दा समेत किन बेवास्ता गरेको हो ? यदी मानीसको ज्यान नै हात्तीले लियो भने यसको जिम्मा राज्यले लिनुपर्ने स्थानिय बाबुराम बस्नेत बताउछन्।
बस्नेतले पिडीत मोतीलाल बिकको घर जन्ता आवाश कार्यक्रम अन्तर्गत गाउँपालीकाले निर्माण गरी ,उचित राहत समेत दिन र हात्ती आतंकको बिषयमा ठोस कदम चाल्न समेत अनुरोध गरेका छन्।
साथै जंगली जनावरको उचित ब्यवस्थापन गर्न बनेको निकुञ्ज लगायतका स्थानीय निकायको चरम लापरबाहीले गर्दा राजमार्ग उत्तरका सबै ,गरिब बेसाहारा जनता सधै त्राहिमाम साथै ज्यान जोखिममा पारि जीवन बिताउन बाध्य रहेको अर्जुन कोइराला बताउँछन् ।

जिल्लाको सप्तकोशी, कञ्चनरुप नगरपालिका, अग्निसाइर कृष्णासवरण र रुपनी गाउँपालिका तथा शम्भुनाथ नगरपालिकामा हात्तीले दैनिक आतंक मच्याउँदै आएको प्रति सम्बन्धित निकायको मौनताले स्थानीयवासी निरास भएका छन् ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com