जण्डोलमा संघीयता र बिधालय शिक्षा बिषयक छलफल

बृजमान तामाङ

बिरेन्द्र बजार, २९ कार्तिक । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ जण्डोलमा शुक्रबार संघीयता र बिधालय शिक्षा बिषयक छ्लफल आयोजना गरिएको छ ।

मार्टिन चौतारी काठमाडौ र दलित सरोकार मंच नेपालले सरोकारवालासंग छलफल आयोजना गरेको हो । छ्लफलमा आ- आफ्नो बिचार राख्दै सहभागीहरुले स्थानीय सरकार र बिधालय बिच समवन्य हुन नसकेको बताए ।

समवन्यको अभावमा शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार आउन नसकेकोले उनीहरुले जनप्रतिनिधि र बिधालय बिच सहकार्य गर्नुपर्नेमा जोड दिए । शिक्षा नीति ठिक नहुदा सामुदायिक बिधालयको आबस्था धारासयी हुँदै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरे ।

देश संघीय प्रणालीमा गएपछि क्षेत्र अधिकार बांडफाडमा अन्योल सिर्जना हुदा शिक्षा क्षेत्रमा बिकासले गति लिन नसकेको सहभागीहरुको भनाई रहेको छ । ऐन काणुनको अभावले जटिलता आएको बताउदै शिक्षा नेवाबली बनाउने पुर्ण अधिकार स्थानीय सरकारलाई दिनुपर्ने सरोकारवालाले बिचार व्यक्त गरे ।

छलफलमा तिरुहुत गाउँपालिकाका अध्यक्ष हेमन्त कुमार बहडखेर, रुपनी गाउपालिकाका निमित्त अध्यक्ष गोबिन्द सिंह थापा मगर, शिक्षा बिकास समवन्य ईकाई सप्तरीका प्रमुख फनिन्द्र खत्री, अग्निसाईर कृष्णासवन गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष कुसुम आचर्य, शम्भुनाथ नगरपालिका वडा ७ का अध्यक्ष गोपाल चौधरी, सप्तकोसी नगरपालिका १० का अध्यक्ष उचित नारायण चौधरी, विभिन्न बिधालयका ब्यबस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, पेशागत संगठनका पदाधिकारी, अबिभावक, संचारकर्मी लगायतका ले संघीयता र बिधालय शिक्षा बारे बिचार राखेको थियो ।

मार्टिन नेपालका अनुसान्धनकर्ता लोकरन्जन पराजुलीले छलफलको बिषयबस्तु बारे प्रकाश पारेका थिए भने दलित सरोकार मंच नेपालका निर्देशक भोला पासवानले छलफलको सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com