बृजमान तामाङ
बिरेन्द्र बजार, ३ कार्तिक । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ जण्डोलमा २२ औं रनिङ शिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ ।
ठाकुरजि माध्यमिक बिधालय जण्डोलद्वारा आयोजित फुटबल प्रतियोगिताको अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले एक समारोहका बिच उद्वघाटन गरेका हुन ।
माध्यमिक बिधालय जण्डोलका बिधालय ब्याबस्थापन समितीका अध्यक्ष दिनानाथ चौधरीको अध्यक्षतामा आयोजित उद्वघाटन समारोहमा वडा नम्बर ६ का अध्यक्ष कुसुम आचार्य, वडा नम्बर ५ का श्रीप्रसाद यादव, नेकपाका बेचन प्रसाद चौधरी, समाजवादी पार्टीका गुणनन्द चौधरी, ईलाका प्रहरी कार्यालय महुलीका ईन्चार्ज प्रहरी नायव निरीक्षक प्रशान्त प्रसाद प्रसाईं, समाजसेवी वीर बहादुर मगर लगायत का उपस्थित रहेको थियो।
उद्वघाटन खेलमा अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ ले जित हात पारेको छ । अग्रशिव युवा कल्व ओद्राहालाई १ गोल अन्तरले पछि पर्दै जण्डोल जित हासिल गरेको हो ।
निर्धारित १ घण्टाको खेलको अन्तिम समय बिजयी टिमको तर्फबाट जर्सी नम्बर ७ का निरज कुमार चौधरीले गोल गरेपछि खेलको छिनोफानो भएको थियो ।
प्रतियोगितामा सुनसरी ११ युवा कल्व झुम्का, बानो युवा फुटबल टिम सिराहा, ग्रामीण कल्याण समुह हर्दैया सिराहा लगायत का ८ वटा फुटबल टिम सहभागी रहेका छन ।
माध्यमिक बिधालय जण्डोलका प्रधानाध्यापक चन्द्रदेव चौधरीले संचालन गरेको कार्यक्रममा स्वागत अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुशील कुमार चौधरीले गरे ।