जनताको मर्म र भावनालाई बुझि विकास निर्माण कार्यलाई अगाडि बढाउने : प्याकुरेल

उत्सव आचार्य

चैत्र ७ , रुपनगर, सप्तरी ।

नेकपा एमाले कंचनरुप नगरपालिका १२ नम्बर वडा कमिटीले बुधबार राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल र प्रतिनिधि सभा सदस्य सरिता गिरी यादवलाई सम्मान गरेको छ ।

 

वडा कमिटी अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा तथा राष्ट्रिय सभा सदस्य एवम् नेकपा एमालेका केन्द्रीय सदस्य सुमन राज प्याकुरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्याकुरेलले जनता प्रतिको दायित्व अाफूमा रहेको हुनाले दायित्वलाई नविर्सिकन विकास निर्माणका कार्यलाई अगाडि बढाउने बताए ।

प्रतिनिधि सभा सदस्य सरिता गिरी यादवले जनताले अनुभुती गर्ने गरि आफूले जनताको पक्षमा काम गर्ने र अबको दिन विकास गर्ने हो सुत्ने होइन भन्ने कुरा बताइन् ।

एमाले जिल्ला कमिटी सदस्य मित्रनारायण श्रेष्ठ , क्षेत्रीय कमिटी सदस्य भुवन बहादुर केसी , १२ नम्बर वडाका वडा अध्यक्ष देवी बहादुर खत्री , वडा कमिटी सदस्य सरस्वती निरौला लगायतका वक्ताहरूले मन्तव्य ब्यक्त गरेका थिए ।

सांसद द्वयलाई माला र अविर लगाएर सम्मान गरिएको थियोे ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com